फाइल तस्बिर
काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको विजेताले ७५ लाख पाउने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार विजेताले ७५ लाख पाउने जनाएको छ। यस्तै, उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन्।
यता, हरेक खेलको विजेताले ५० हजार पाउने छन्। खेल बराबरीमा सकिए दुवै टोलीले २५र२५ हजार पाउने एन्फाले जनाएको छ।
कात्तिक २९ गते हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
दशरथ रंगशालामा हुने उद्घाटन खेल फ्लड लाइटमा हुने एन्फाले जनाएको छ। उक्त खेल बेलुका ५ बजे सुरु हुने छ।
एन्फाका अनुसार लिगमा पूर्ण क्षमताको दर्शकलाई अनुमति दिइने छ। तर, लिगको टिकट मूल्य भने तोकिएको छैन।
लिगमा ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन्। लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै बी डिभिजनमा झर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।