• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद् अधिवेशन अन्त्य, प्रधानमन्त्री बेलायततिर : अघि बढ्ला त प्रधानन्यायाधीशमाथि महाभियोगको पहल? 

64x64
बीपी अनमोल शुक्रबार, कात्तिक १२, २०७८  १६:०५
1140x725

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध न्यायिक र कानुनी क्षेत्र पुरै आन्दोलित छ। सर्वोच्च अदालतका सबैजसो न्यायाधीशले जबराको राजीनामा मागेका छन्। नेपाल बार एसोसिएशन, सर्वोच्च बार मात्र होइन, पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुले पनि जबराको राजीनामा मागेका छन्। 

चौतर्फी घेराबन्दीमा परे पनि प्रधानन्यायाधीश जबरा भने कुनै हालतमा राजीनामा नदिने अड्डी कसिरहेका छन्। आफूविरुद्ध आन्दोलन गरिरहेका न्यायायधीशहरु ‘विवादित रहेकाले’ उनीहरुले राजीनामा दिए आफूले पनि दिन सक्ने तर्क जबराको छ ।

आफू संवैधानिक प्रक्रियाबाट प्रधानन्यायाधीश नियुक्त भएको र संवैधानिक प्रक्रियाबाटै बाहिरिन तयार रहेको भन्दै उनले अप्रत्यक्ष रुपमा आफूलाई महाभियोग लगाएर हटाउन चुनौती दिएका छन्। 

प्रधानन्यायाधीशले राजीनामा नदिएमा आन्दोलित न्यायिक र कानुनी क्षेत्रले के गर्ला? स्वाभाविक रुपमा राणालाई हटाउन महाभियोग नै एक मात्र विकल्प हुनेछ। तर, यो प्रक्रिया मुलतः राजनीतिक दलहरुको हातमा हुन्छ। यतिबेला राजनीतिक दलहरु भने यो विषयमा मौन बस्न रुचाएका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यसबारे बोल्नै खोजिरहेका छैनन्। सर्वोच्चमा जारी अन्योलबीच सरकारले शुक्रबार मध्यरातबाट संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ। र, शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन बेलायत प्रस्थान गरेका छन्। संयुक्त अधिराज्यको ग्लास्गो सहरमा आउँदो नोभेम्बर १–२ मा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन्। 

संघीय संसद्को अधिवेशन अन्त्य गरिनु र प्रधानमन्त्री देउवा यहीबेला केही दिनका लागि देशबाहिर जानुलाई कतिपयले प्रधानन्यायाधीश जबरा प्रकरणबाट दलहरु उम्किन चाहेको अर्थमा बुझ्नुपर्ने बताइरहेका छन्। त्यो भनेको जबरा स्वयंले राजीनामा नदिने र उनीविरुद्ध महाभियोगको प्रस्ताव पनि अघि नबढ्ने अन्योलपूर्ण अवस्था हो।

के होला महाभियोगको चर्चा?
प्रधानन्यायाधीश जबराले राजीनामा दिएनन् भने उनीमाथि महाभियोगको प्रस्ताव अगाडि बढ्ला त? संसदको अधिवेशन अन्त्य हुँदैमा र प्रधानमन्त्री देउवा देशबाहिर रहँदैमा प्रस्ताव अघि बढाउन कुनै अबरोध भने हुँदैन। किनभने प्रतिनिधि सभाका २५ प्रतिशत सदस्यले जुनसुकै बेला संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गर्न सक्छन् र त्यस्तो प्रस्ताव दर्ता हुनासाथ प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा पर्छन्।

तर, त्यसका लागि पहल हुने सम्भावना भने देखिँदैन। प्रमुख प्रतिपक्ष एमालेले प्रधानन्यायाधीश जबरालाई जोगाउने गरी अरु चार जना न्यायाधीशमाथि ‘कारबाही’ हुनुपर्ने वा उनीहरुले राजीनामा दिनुपर्ने अनौठो प्रस्ताव अघि सारेको छ। ठ्याक्कै यस्तै प्रस्ताव प्रधानन्यायाधीश जबराले पनि अघि सारेका छन्। यी सबै प्रकरणले एमाले प्रधानन्यायाधीशविरुद्ध महाभियोगको पक्षमा नरहेको बुझ्न सकिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सत्ता गठबन्धनमा पनि अहिले त्यो तत्परता देखिँदैन। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि महाअभियोगबारे नसोचिएको सार्वजनिक रूपमै बताइसकेका छन्। 

गठबन्धनको संयुक्त बैठक बसेर पनि यसबारे कुनै ठोस पहल भएको छैन। कम्तीमा देउवा बेलायतबाट नफर्कंदासम्म यसबारे पहल हुने देखिँदैन। यो अन्योलबीच सर्वोच्चमा प्रधानन्यायाधीशले इजालस तोक्ने र अन्य न्यायाधीशले इजलास बहिष्कार गर्ने क्रम गत आइतबारदेखि जारी छ। कानुन व्यवसायीहरुले पनि बेञ्च बहिष्कार गर्नेदेखि अन्य आन्दोलनका कार्यक्रम सार्वजनिक गरिरहेका छन्। न्यायालयमा देखिएको विवादको मारमा भने न्यायको खोजीमा रहेका सेवाग्राही परेका छन्। 

वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा प्रधानन्यायाधीशको क्षमता, काम–कारबाही र नियतलाई लिएर सुरुआतदेखि नै टिकाटिप्पणी भइरहेको, उनलाई महाभियोग लगााएर पदमुक्त गर्न संसद र सांसदहरु चुकेको टिप्पणी गर्छन्। ‘उहाँको बारेमा प्रश्न उठेको अहिले होइन, प्रधानन्यायाधीश भएको केही महिनादेखि नै संकेत देखिएका थिए,’ उनले भने, ‘राजदूत नियुक्ति, संवैधानिक निकायमा नियुक्ति, मुद्दा छानेर जथाभावी फैसला गरेको विषयमा टिकाटिप्पणी भएकै बेला नै महाअभियोग लगाउनुपर्ने थियो।’

उनले यसमा संसद् र सांसदले यसको जवाफ दिनुपर्ने बेला सदन अन्त्य गरिएको टिप्पणी पनि गरे। ‘सहकर्मी न्यायाधीशले इजलास बहिस्कार गर्ने, चौतर्फी विरोध भइसक्दा पनि लाजै नमानेर बस्ने कुराले समग्र मुलुकलाई राम्रो गर्दैन,’ उनी भन्छन्, ‘उहाँले अहिलेको परिस्थितिमा बाटो छोडिदिनुपर्छ।’

Xtrem

Xtrem

दलहरुले अदालतमा खेल्न खोज्ने र अदालतले दलभित्र खेल्न खोज्ने हिजो भएको गलत परम्पराको थालनीबाटै अहिलेको परिणाम निस्केको उनी बताउँछन्। 
पूर्वसभामुख दमननाथ ढुंगानाले यो घच्चाघच्ची यसैगरी चलिरहने हो भने समयले नै यसको छिनोफानो गर्ने बताए। ‘संविधानले तोकेको जिम्मेवारीमा रहेका कुनै पनि संस्थाको नेतृत्वले जिम्मेवारी पुरा गर्न सकेनन्,’ उनले भने, ‘त्यसकारण सबै संस्था अहिले असफलताको बाटोमा गइरहेका छन्।’ 

यहीबेला चलिरहेको संसद् अन्त्य गरेर सरकारले अर्को गलत कदम चालेको टिप्पणी उनले गरे। राज्यका तीनवटै अङ्ग असफलतातर्फ गइरहेको उल्लेख गर्दै ढुंगानाले सरकार नै प्रधानन्यायाधीशको पक्षमा जस्तो देखिइरहेको बताए। ‘आन्दोलनले निर्णय गरोस् भनेर सरकार पन्छिइरहेको छ। राजीनामा गर पनि भन्न मिल्दैन,’ उनले भने, ‘दायित्वबाट सरकार पलायन भइरहेको छ। प्रधानन्यायाधीशसँग मध्यस्थता गर्ने काम सरकार र संसदले गर्नुपर्थ्यो।’

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्