• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

नेपालगन्जकी पानवाली

64x64
रेशम विरही शनिबार, कात्तिक १३, २०७८  ०७:००
1140x725

म बेरोजगार थिएँ। र नेपालगन्जीया सडकमा फिरन्ताजस्तै थिएँ।

मेरो खास दिलदर्दी साथी थिएनन्। थियो भने, अद्दा झोल थियो, पौवाभरिको मातले डेरातिर घिसार्थ्यो। घामको झुल्का जब मेरो झ्यालबाट छिर्थ्यो, तब म एक्लै फिसिक्क हास्थेँ। साँझको कर्मले झस्काउँथ्यो। रातका फोनहरुको ‘कल लिस्ट’ नियाल्थेँ। र आफ्नो अराजक मनोविज्ञानप्रति क्षोभ र गर्वको मझधारमा टोलाइरहन्थेँ। अनि नियमित बिहानीचर्या त छँदै थियो, केही बकम्फुसे लोकल अखबारी लेखन।

कुनै गैरसरकारी संस्थाको कार्यपत्र लेखन पनि कहिलेकाहीँ मेरो भाग्यमा चिट्ठा पर्थे। क्षेत्रीय संचार श्रोत केन्द्र नामको सेतो हात्तीले बेलाबखत दुई घण्टा चिच्याउन लगाएर कनिका छथ्र्यो। यसैमा चित्त बुझाउनुको अर्को विकल्प थिएन। मेरो दैनिकी चिप्लेकीराझैँ डेराबाट धम्बोझी र त्यहाँबाट घिस्रँदै बीपी चोक भएर क्षेत्रीय संचार श्रोत केन्द्रतिर लम्कन्थ्यो। कुनै निश्चित काम नभएको, तर देख्दा अत्यन्त व्यस्त लाग्ने मेरो नक्कली बेफुसर्दीपनले आफ्नै अन्तश्करणलाई हसाउँथ्यो। कहिलेकाहीँ कविता लेख्ने, निबन्ध कोरल्ने र राजनीतिक लेख कोर्ने कामलाई म महाभारत युद्ध नै हाँकेको आत्मरतिमा रमाउथेँ।

रेशम विरही

एकपटक नेपालगन्जका केही सम्पन्नशालीहरुले दैनिक पत्रिका प्रकाशनको तयारी गरेछन्। त्यसमा दुइतीन जना पत्रकारहरु पनि रहेछन्। एकजना मेरा शुभचिन्तकले मलाई सम्पादक बनाउने प्रस्ताव लिएर आए। बाहिर गज्किए पनि भित्रभित्र मेरो बेरोजगारी हासिरहेको थियो। तर, अन्तमा लगानीकर्ता र पहलकर्ताको नाताले टीमभित्रैका एकजना पत्रकारले आफैँ सम्पादक हुने अड्डी लिएछन्। मेरो सम्भावित रोजगारी गुम्यो।

केही दिनपछि उनै मित्र केही समयको लागि मात्र सल्लाहकार सम्पादकको हैसियतमा रहने गरी काम गर्ने प्रस्ताव लिएर आए। केही नहुनुभन्दा त्यही प्रस्ताव स्वीकार्नु उचित ठानेँ। अनि सल्लाहकार सम्पादकमा  भर्ती भएँ। 

त्यसपछि बढो सजधज र सम्पूर्ण प्रविधिसहित भरोसा लाग्दा पत्रकारहरुको टिम जमेर पत्रिका प्रकाशनमा तल्लिन भयो। बेलाबखत लगानीकर्तामध्ये कोहीकोही पत्रिका कार्यालयमा आउँथे, हेर्थे र जान्थे। तर, पत्रिका प्रकाशनको शैली र व्यपस्थापन हेर्दा मलाइ लाग्थ्यो ‘यो नमच्चिने पिङको सय झड्का भनेजस्तै हो। धेरै टिक्नेवाला छैन।’

टिमका पत्रकारहरुको अहंकार, अमर्यादा र लगानीकर्ताहरुको सतही विश्वास तथा भ्रम आदिले पत्रिकाको अल्पायुको संकेत गरिरहेको थियो। यसलाई ठीक ठाउँमा ल्याउने र सम्पादन व्यवस्थापन चुस्त पार्ने प्रयत्न पनि नभएको होइन। तर, विश्वासका कारण कानूनीरुपमा कमजोर जगमा भएका केही लगानीकर्ता यो प्रयत्नमा विफल भए। छोटै समयमा पत्रिका बन्द भयो। मेरो देखाउने दारा फुक्लियो।

यो कथाकै बीचमा एक साँझ म पत्रिकाको आफ्नो निमुखो कार्यालयमा थिएँ। सानोतिनो लगानी गरेका कवि र पुस्तक व्यवसायी ज्ञानु श्रेष्ठ टुप्लुक्क प्रकट भए। हँसिला, फरासिला र घत पर्दा टोल नै थर्कने गरी हास्ने उनको आगमन मेरा लागि फाइदाको विषय थियो। उनी पनि मजस्तै धुमपानका शौखिन थिए। यदाकदा रसपानमा पनि दिल खोलेर सरिक हुने उनको रहरको सहयात्री म पनि हुन्थेँ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस दिन उनी यही मनसाय बोकेर मेरो कार्यकक्षमा छिरेका रहेछन्। भलाकुसारी सक्नासाथ भनिहाले ‘जाउँ दाइ बाहिरतिर यसो धुवाँ उडाउँ।’ म आफ्नो झोलीतुम्बा भिरेर उनीसँगै बाहिर निस्किएँ।

नजिकैको सिर्जना तासघरमा एक अद्दा बुत्याएर निस्कियौँ पान पसलतिर। पान पसलमा एउटी अधबैँसे सर्लक्क कोरेको चिल्लो कपाल, आँखाभरि लत्पतिएको गाजलले चिरिच्याट्ट परेर बसेकी थिइन्। कालोकालो हिस्सी परेको हँसिलो अनुहारले उनलाई दुःखी भन्न सकिन्नथ्यो।

‘भावीजी! दो पान बनाओ,’ – ज्ञानुले रसिक पाराले भने।

‘कैसा पान बनाऊँ बाबु, खटिया तोड पान बनाऊँ?’ (उनले झन् मिठो हाँसो हाँस्दै भनिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ज्ञानुको हाँसो बेस्सरी उर्लियो। नजिकका मानिसहरुले हामीलाइ टाट्ठिएर हेरे।

ज्ञानुले ‘जबरजस्त’ हाँसो थाम्दै भने– ‘हा भावीजी, हमारे दादा के लिए बनादो।’

‘अच्छा बाबु’ –उनी पान बनाउन थालिन्।

उनको हाँसो यति रहरलाग्दो थियो कि, त्यो हाँसोभित्र उत्ताउलोपन होइन उन्मुक्त खुसी झल्कन्थ्यो। पानवालीको शब्दार्थमा के त्यस्तो अभिव्यन्जना थियो, मैले बुझिनँ। तर, उनको हासो अवश्य नै अर्थपूर्ण छ भन्ने मलाइ लाग्यो। म नबुझेरै पनि त्यसै  लहलहैमा हासीदिएँ। पानवालीको आँखा अचम्मसँग नाचिरहेका थिए। कहिले सडकतिर, कहिले मेरा आँखातिर र कहिले ज्ञानुको आँखामा उनका आँखा बजारिन्थे। पानमा आँखै  नपारी उनले दुई बिडा पान बनाइन्। हामी पानको बुजो मुखमा च्यापेर बाटो लाग्यौँ।

बाटोमा ज्ञानुले जब संवादको अर्थ खुलाए म सडकमा उभिएर एक्लै खित्का छोडेर हासेँ। मसँगै ज्ञानु पनि फेरि हासे। अनि, मलाई उनको बारेमा जानकारी लिने मनसाय जाग्यो। ज्ञानुले मलाइ स–विस्तार बताए।

उनी पाँच सन्तान कि आमा र एकल महिला हुन्। टाँगा चलाउँदा चलाउँदै उनको पतिको देहान्त भयो। घरजग्गा केही छैन। कतै एउटा कोठा लिएका छन्। छोरीहरु अगाडि होटेलमा भाडा माझ्ने काम गर्छन्। बाँकी यही पानको कमाइको भरमा सन्तान पालेकी छन्। सबभन्दा ठुलो छोरो दश वर्ष जतिको होला।

उनी बोलीचालीमा खूब मजाक गर्छिन्। उनलाई गरिबीको पीडा पनि छैन र श्रममा अत्यन्त विस्वास छ। कसैले हेपेको सहन्नन्। ठट्टा र रमाइलोमा खुसी हुन्छिन्। यो घुम्ती पनि उनको आफ्नो होइन, भाडामा नै हो। एउटा अचम्म हक्की, साहसी र स्वाभिमानी महिला हुन्, उनी।

ज्ञानुले यति भने पछि मेरो मनमा उनीप्रति झन् जिज्ञासा बढेर आयो। तुरुन्त फर्किएर केही संवाद गर्ने मन थियो। तर, पत्रिकामा सम्पादकीय लेखनको समय भएकोले भोलिपल्टलाई मनले वाचा गर्‍यो।

गरिबी एउटा दुसाध्य पीडा हो। तर, पीडा सहेर स्वाभिमान थाम्नसक्नु भनेको हिमालय पर्वत काँधमा बोक्नुजस्तै कठिन विषय हो। ज्ञानुको कुरा सुनेकै भरमा मेरो उनीप्रतिको दृष्टिकोणमा सम्मानजनक भावनाहरु आउन थाले। म सम्पादकीयको काम सकेर घरतिर जाँदा उनको पसलतिर चियाउँदै हिडेँ। दुई जना मानिस पसलअगाडि उभिएका थिए। उनी उस्तै हासो, उही परिधानमा आँखा नचाएर नै पान बनाइरहेकी देखेँ। यतिबेला भने उनको बगलमा दुइटा स–साना बच्चा टाँसिएर बसेका थिए। म एक प्रकारको अतृप्तभावमा हिँड्दै पर पुगेँ, घुम्ती ओझेलमा पर्‍यो।

रास्ट्रिय राजनीतिक घटनाक्रमले समय अत्यन्त पेचिलो थियो। नेपालगंजमा गहिरो प्रभाव परिरहेको त्यस समयमा हरेक कदममा होसियारी आवश्यक थियो। केही बोल्नु वा लेख्नुको तात्पर्य जोखिम मोल्नुजस्तै प्रतीत हुन्थ्यो। ‘जनमुक्ति’का नाममा चलेको आँधीमा मुक्तिको भाषा बोल्न डराउनु पर्ने समयमा मैले एकछिन घोरिएर सोचेँ–‘के ती पानवालीलाई यो मुक्ति बतासले उन्मुक्ति देला?’

सीमान्त शहर नेपालगंज यसै पनि आर्थिक र सामाजिक सवालमा विषम भूगोल हो। मुलुककै धनाढ्यदेखि चरम गरिबीमा रहेका नागरिकहरु भएको त्यो ठाउँको सांस्कृतिक स्पर्धा पनि भयानक डर लाग्दो छ। थोरै मात्र सन्तुलन बिग्रियो भने थामिनसक्नु आगो बल्ने ठाउँको विषय वा नागरिकका बारेमा लेख्दा ठण्डा दिमागले सोच्ने गर्नु पर्छ। ती पानवालीको विषयमा लेख्ने सोच बनाउँदा म यस्तै उल्झनमा फसेँ। साँझ त्यत्तिकै बित्यो।

बिहान घामको झुल्कासँगै म बीपी चोकतिर निस्किएँ। उही पान पसलको ठीक सामुन्ने सडकपारिको चिया पसलमा बसेर चिया पिउँदै पसलतिर आँखा गाडेर हेरिरहें। बिहानै पनि पानका शौखिनहरुको आगमन बाक्लै थियो। मेरो मनमा अचानक एउटा लहड जन्मियो। सोचेँ ‘यिनीमाथि एउटा कविता लेख्नुपर्‍यो।’

साँझ घरमा गएर एउटा कविता पनि कोरेँ। तर, मलाई त्यतिले खास सन्तुष्टि दिएन। साँझ पत्रिकाको कार्यालयमा उनका बारेमा एउटा फिचर लेख्ने परामर्श भयो। तर, त्यसले पनि मूर्तरुप लिन सकेन, कारण उही सांस्कृतिक विषमता र राजनीतिक घटनाक्रम थियो।

मैले अन्त्यमा कविता मात्र लेखेर चित्त बुझाएँ– ‘मंगली गुप्ताको पान।’

कविता त लेखेँ, तर आफैँलाई मन परेन। खेस्रालाई सधैँ भिर्ने झोलामा कोचिदिएँ। त्यसपछि मैले निकै पटक त्यो पसलमा अत्यन्त रमाइलो मान्दै पान खाएँ। कविता झोलामा कोचिएकै थियो। मलाई यसको हेक्का पनि हराइसकेको रहेछ।

यो घटनाको केहीपछि म राजनीतिकर्मी मित्र होमनाथ सापकोटासँग केही दिनका लागि काठमाडौँतिर लागेँ। काठमाडौँ पुगेको भोलिपल्ट मैले त्यो झोलाका अनावश्यक कागजपत्र डस्टबिनमा फाल्ने क्रममा त्यो मन नपरेको कविता पनि फालिदिएँ।

केही समयपछि मेरा सहयात्री मित्रले त्यो कविता डस्टबिनमा देखेछन्। झुक्किएर फालेको सोचेछन्। मैले यथार्थ बताएँ, कविता अत्यन्त मन पराए। नफाल्ने सुझाव दिए। मैले त्यसलाई फेरि झोलामा हालेँ। केही दिनपछि कवितालाई सामान्य सम्पादन गरी स्थानीय कुनै पत्रिकामा छाप्न दिएँ। पछि धेरैतिरबाट सकारात्मक टिप्पणी आए।

एउटी मेहनतकस श्रमजीवी महिलाको रोमान्चक र श्रम, इमान्दारी तथा मिलनसार जीवनशैलीको उर्जाबाट सिर्जित ‘मंगली गुप्ताको पान’ कविताले मलाइ कालान्तरमा एक प्रकारको सन्तुष्टि दिएको छ। अहिले पनि कतिपय मित्रहरुले के छ ‘मंगली गुप्ताको पान दाइ?’ भनेर पनि सम्बोधन गर्छन्, नेपालगन्जतिर।

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रेशम विरही
लेखकबाट थप
माघ महात्म्य
मलाई मृत्युशय्याबाट उठायो र आफू एक्लै दगुर्‍यो
हल्दार्नी आमाका प्रश्नसँग म हारेँ
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्