काठमाडौं– स्पेनिस ला लिगा फुटबलअन्तर्गत एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ। बिहीबार राति सम्पन्न खेलमा एट्लेटिको लेभान्टेसँग २–२ गोलको बराबरीमा रोकिएको हो।
खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा एट्लेटिकोले अंक बाँडेको हो। खेलको १२ औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए।
खेलको ३७ औं मिनेटमा इनिस बार्धीले पेनाल्टीमा गोल गर्दै लेभान्टेलाई बराबरीमा ल्याए।खेलको ७६ औं मिनेटमा माथिउस कुन्हाले गोल गर्दै एट्लेटिकोलाई २–१ को अग्रता दिलाएका थिए।
खेलको इन्जुरी समयमा रोबरले रातो कार्ड पाएपछि लेभान्टे १० खेलाडीमा समेटिएको थियो। खेलको ९० औं मिनेटमा इनिसले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै लेभान्टेलाई हारबाट जोगाए।
यस बराबरीसँगै एट्लेटिको १९ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने पराजित लेभान्टे ६ अंकका साथ १९औं स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।