काठमाडौं- अर्को महिना आयोजना हुने धारा नेपालगन्ज म्याराथनमा महानायक राजेश हमालको उपस्थिति रहने भएको छ।
नेपालगञ्ज म्याराथन तथा क्रिएटिभ ह्याण्ड्सले हरेक वर्ष आयोजना गर्ने म्याराथन यसपटक मंसिर ४ गते हुँदैछ।
सरकार र तत्कालिन बिद्रोही माओवादीबीच मंसिर ५ गते भएको बृहत शान्ती सम्झौताको स्मरणमा म्याराथन आयोजना हुँदै आएको छ।
हमालको उपस्थितिले म्याराथनका आयोजकसँगै प्रायोजक, स्थानिय सहयोगी संघ, संस्था र स्थानियहरुको पनि हौसला बढ्ने विश्वास लिएको नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताए।
हमालले आफू म्याराथनमा उपस्थित हुनका लागि उत्साहित रहेको पनि भेटका क्रममा बताएको ठकुरीले जानकारी दिए।
कोरोनाका कारण गत वर्ष फुल म्याराथन र हाफ म्याराथन मात्र आयोजना गर्न सकिएको उल्लेख गर्दै आयोजकले यसपटक विगतमा जस्तै दश वटा इभेन्ट हुनेछन्।
जसमा म्याराथन(४२.१९५किमी), हाफ म्याराथन(२१ किमी), १० किलोमिटर पुरुष खुल्ला, ५ किलोमिटर महिला खुल्ला, ५ किलोमिटर स्कूलस्तरीय छात्र, ३ किलोमिटर स्कूल स्तरीय छात्रा, किड्स रन (८ देखि १२ वर्ष), २ किलोमिटर कर्पोरेट रन, वाकाथन र ह्वीलचियर प्रतिस्पर्धा रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।