काठमाडौं- सर्गी बारजुआन बार्सिलोनाका अन्तरिम प्रशिक्षक नियुक्त भएका छन्।
मुख्य प्रशिक्षक रोनाल्डो कोम्यानलाई बर्खास्त गरेको बार्सिलोनाले अर्को निर्णय नहुँदासम्म ‘बी’ टिमका प्रशिक्षक बारजुआनलाई अन्तरिम प्रशिक्षक बनाएको हो।
मार्काका अनुसार कोम्यानको स्थानमा जाभी हर्नान्डेजलाई नियुक्त गर्ने बार्सिलोनाको प्रयास छ।
गएराति सम्पन्न रायो भालेकानोसँगको खेलमा पराजय बेहोरेसँगै स्पेनिस क्लब बार्सिलोनाले आफ्ना प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ।
गएराति सम्पन्न खेलमा बार्सिलोना भालेकानोसँग १–० ले पराजित भएको थियो। त्यसअघिको खेलमा रियल मड्रिडसँग २–१ गोलअन्तरले पराजित भएको थियो।
बार्सिलोनाले जारी सिजन १० खेलबाट मात्र १५ अंक जोडेर तालिकाको नवौं स्थानमा छ। यता, च्याम्पियन्स लिगमा पनि दुई खेलमा पराजय बेहोरिसकेको छ।
बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएको १४ महिनापछि कोम्यान क्याम्प नोउबाट बाहिरिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।