काठमाडौं- दराजले अनलाइन सपिङ फेस्टिभल ११.११ फेरि सञ्चालन गर्ने भएको छ। दराजले ११ लाख उत्पादनहरूमा पाँच करोडको छुटसहित ११.११ को चौथो संस्करण यही २५ कात्तिकमा सुरु गर्ने घोषणा गरेको छ।
'दशैं धमाका अभियानको सफलता लगायत, दराजले निर्वाध रूपमा आफ्नो ध्यान वर्षकै सबैभन्दा ठूलो अभियानमा सारेको छ र यो भव्य अवसरको लागि तयारी गर्न दराजले आफ्ना डेलिभरी पार्टनर्सहरूसँग मिलि १४००+ नयाँ कर्मचारी, कस्टुमर केयर एजेण्ट र १००० डेलिभरी हिरोजहरू भर्ती गरेर आफ्नो परिचालन क्षमता बढाएको छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'यस वर्षको ११.११ मा ११ लाखभन्दा बढी उत्पादनहरू प्रस्तुत गर्ने तथ्यलाई ध्यानमा राख्दै कम्पनीले देशभरका ४७ भन्दा बढी सहरमा सहज र छिटो डेलिभरी सुनिश्चित गर्नका लागि १००० भन्दा बढी डेलिभरी सवारी साधनहरू थप गर्नुका साथै सात लजिस्टिक पार्टनर्सहरुसँग साझेदारी गरी आफ्नो सिपिङ क्षमता पनि बढाएको छ।'
अभियानका लागि दराजको लजिस्टिक तयारीबारे बोल्दै दराज नेपालका प्रमुख परिचालन अधिकृत विमल अर्यालले भने, 'वर्षभरि हामीले हाम्रा सबै ग्राहकहरू र विक्रेताहरूको लजिस्टिक अनुभव कसरी बढाउन सक्छौं भन्ने कुरामा ध्यान केन्द्रित गर्दै आएका थियौं। हामीले विस्तार, स्वचालन, निरन्तर प्रक्रिया अनुकूलन र सिकाइ र विकास जस्ता लजिस्टिक सञ्चालनका मुख्य पक्षहरूलाई प्राथमिकता दियौं। र, अब हामी वर्षको सबैभन्दा ठूलो बिक्री अभियानको लागि पूर्णरूपमा तयार छौं। हाम्रो परिचालन क्षमताको सर्तमा भने, हामीले पहिले नै हाम्रो भर्ती प्रक्रिया राम्रोसँग सुरु गर्यौं ताकि हामीले आवश्यक तालिम पहिले नै उपलब्ध गराउन सकौं। हाम्रा स्रोतहरू अब पूर्णरूपमा नि:पुण छन् र हामी ११.११ को समयमा निर्वाध ग्राहक र विक्रेता अनुभव प्रदान गर्न पूरा रुपमा तयार छौं।'
दराजले यस वर्षको संस्करण ११.११ लाई गत वर्षको ठूलो सफलताको तुलनामा फेरि अर्को स्तरमा ल्याउने योजना बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।