काठमाडौं- कोकाकोलाले 'धन्यवाद' थिमको दशैं अभियानलाई जारी राखेको छ। यसै अभियानको एक हिस्साको रुपमा कोकाकोलाले कोभिड-१९ को समयमा खटिएका स्वास्थ्य सेवा क्षेत्र र गैरसरकारी संस्था जस्ता विभिन्न क्षेत्रका अग्रणि योद्धाहरुलाई समर्पित गरेर यसको 'अनग्राउन्ड एक्टिभेसन' गर्दै आइरहेको छ।
आफ्नो अनग्राउन्ड एक्टिभेसनको आधा मार्ग पूरा गर्दै, कोकाकोलाले पाटन अस्पताल र वीर अस्पताल जस्ता दुई कोभिड-१९ अस्पताल र विभिन्न गैरसरकारी संस्थाहरू (आरएनए-१६, अभ्नी भेञ्चर, डोको रिसाइक्लर्स, ब्लू वेस्ट २ भ्यालु र सानो पाइला)मा आफ्नो पहुँच पुर्याएको छ। कोकाकोलाले अग्रपंक्तिका नायकहरुसँग संलग्न रहेर 'धन्यवाद' उपहार बक्स बाँड्दै आइरहेको छ, जसमा व्यक्तिगत कोकको बोतल साथै कोकाकोलाको ग्लास समावेश रहेको कम्पनीले जनाएको छ।
कोकाकोलाकी ब्राण्ड एम्बेसडर स्वस्तीमा खड्का कात्तिक ८ गते वीर अस्पतालमा भएको कार्यक्रममा स्वास्थ्य सेवाका अग्रपंक्तिमा कार्यरत कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्नको लागि सहभागी भएकी थिइन्।
वीर अस्पतालका प्राध्यापक डा. भूपेन्द्रकुमार बस्नेतले कोकाकोलाको धन्यवाद अभियानले आफूहरुलाई धेरै सम्मानित महसुस गराएको बताए। 'कोभिड-१९ को दोस्रो लहरको समयमा हामीले दैनिक ३५० कोभिड बिरामीहरूलाई सेवा प्रदान गर्थ्यौं जसमा हाम्रा नर्स, क्लिनर, वार्डको टिम र डाक्टरहरू सबैले निडर भएर काम गरे र हामीले त्यो संकटलाई जित्यौं। महामारीको अग्रपंक्तिमा रहेका कामदारहरू प्रति कृतज्ञता बाँड्ने कोकाकोलाको धन्यवाद अभियानले हामीलाई धेरै सम्मानित महसुस गराएको छ। यसले हामीलाई अझै यस्तो कार्यमा अघि बढ्न उत्प्रेरणा प्रदान गरेको छ। यसका लागि म कोकाकोलालाई धन्यवाद व्यक्त गर्न चाहन्छु,' उनले भने।
यस अभियानको बारेमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, 'विगत डेढ वर्ष हाम्रो लागि कठिन रह्यो, तर हाम्रो फ्रन्टलाइन कामदारहरूको मद्दतले गर्दा हामीले सम्भव नहुने चुनौतीहरू पनि पार गर्दै आएका छौँ जसले हामीलाई बलियो बनाएको छ। धन्यवाद अनग्राउन्ड एक्टिभेसन उहाँहरूलाई हाम्रो हार्दिक 'धन्यवाद' ज्ञापन गर्ने एउटा सानो प्रयास हो।'
'धन्यवाद' शीर्षक रहेको यस अभियानको मुख्य आशय भनेको महामारीको कठिन समयमा आफूहरुका लागि साथीको रुपमा सधैँ सहयात्री रहेका उपभोक्ताहरुलाई एउटा कोकको बोतलमार्फत् धन्यवाद ज्ञापन गर्नु रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।