काठमाडौं- काठमाडौं महानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा पहिलो जित निकालेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार सम्पन्न खेलमा काठमाडौंले सिमकोट गाउँपालिका हुम्लालाई ९-० गोल अन्तरले पराजित गरेको हो।
काठमाडौंको एकतर्फी जितमा जेनिफर रानाले ४ गोल गरिन्।
यस्तै, सरस्वती आयरले ह्याट्रिक पूरा गरिन्। यता, गरिमा राई र मनिषा थापा मगरको नाममा एक/एक गोल रह्यो।
जितसँगै समूह 'ई'को काठमाडौंले २ खेलमा ४ अंक जोड्यो। जित हात पारेपनि काठमाडौंले नकआउट चरणमा स्थान बनाउन सकेन।
यस समूहबाट इलामको रोङ गाउँपालिकाले नकआउट चरणमा प्रवेश गरेको छ।
रोङले २ खेलमा ४ अंक जोड्यो। तर, रोङ गोल अन्तरको आधारमा नकआउट चरणमा पुगेको हो।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।