काठमाडौं–जर्मन च्याम्पियन बायर्न म्युनिख डिएफबी कपअन्तर्गत बोरुसिया मोन्चेनग्लाडबाकसँग ५–० ले पराजित भएको छ। बुधबार राति सम्पन्न खेलमा ग्लाडबाकको जितमा ब्रिल एम्बोलो र रामी बेन्सबाइनिले २–२ तथा कउडियो कोनेले १ गोल गरे।
घरेलु टोली ग्लाडबाकले खेलको दोस्रो मिनेटमा नै अग्रता लिएको थियो। कोनेले गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए।
खेलको १५औं मिनेटमा जोनास हफम्यानलेगोलजव गर्दै अग्रता दोब्बर बनाए। बार्यनका लुकास हर्नान्डेजबाट ब्रिल एम्बोलोमाथि पेनाल्टी क्षेत्रभित्र फल भएको कारण रेफ्रीले पेनाल्टी दिए। जवाफमा बेन्सबाइनीले पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमा ३ गोलको अग्रता दिलाए।
खेलको ५१ औं मिनेटमा डायोट उपामेकानोको गल्तीको फाइदा उठाउँदै एम्बोलोले गोल गरे। ५७ औं मिनेटमै एम्बोलोले नै गोल गर्दै ५–० ले अघि बढाए। प्रतियोगितामा बायर्नविरुद्ध कुनै पनि टोलीले हासिल गरेको सबैभन्दा ठूलो जित यही हो।
यस हारसँगै बायर्न प्रतियोगिताबाट पनि बाहिरिन पुग्यो । बायर्नले पहिलो रोजाइका खेलाडी उतारेपनि प्रशिक्षक जुलियन नागल्सम्यान भने उपस्थित थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।