फाइल तस्बिर
काठमाडौं– एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज (बिहीबार) घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेलमा घरेलु टिमविरुद्ध मैदान उत्रँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ। छनोटको समूह बी को पहिलो खेलमा नेपाल इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो।
पहिलो खेलमा लेबनानलाई हराएको ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ।
यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अंक विहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ।
छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ।
समूहको शीर्ष टोलीले एएफसी यु–२३ एसियन कप खेल्नेछन्। यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यु–२३ एसियन कपमा छनोट हुनेछन्।
उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।