काठमाडौं- भेट्रान फुटबल अन्तर्गत बुधबार सम्पन्न खेलमा विभागीय टोली त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा आर्मीले फर्पिङमाथि ४–१ को सहज जित निकालेको हो।
आर्मीको जारी प्रतियोगितामा लगातार दोस्रो जित हो। यस जितसँगै आर्मीले दोस्रो चरणमा स्थान बनाएको छ। आर्मीले २ खेलबाट स्पष्ट अंक जोडर समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो।
फर्पिमाथि सहज जित दिलाउनका लागि आर्मीका राजु तामाङले दुई गोल गरे। यस्तै विकर्ण श्रेष्ठ र नविन न्यौपानेले एक एक गोल गरे। फर्पिङका निरज श्रेष्ठले एक गोल फर्काए।
यता, एनआरटीले विआर बर्दशलाई १–० ले पराजित गरेको छ। एनआरटीलाई जित दिलाउनका लागि नरेन्द्रमान श्रेष्ठ थापाले गरेको गोल निर्णायक बन्यो। ४७औं मिनेटमा नरेन्द्रले गोल गर्दै टोलीलाई सुखद् नतिजा दिलाएका हुन्।
प्रतियोगितामा भोली चार खेल हुनेछन्। पहिलो खेलका साइनिङ सन फुटबल एकेडेमी र खुमलटार, दोस्रो खेल झापा फुटबल र काभ्रे भेट्रान, तेस्रो खेल बुटवल नगरपालिका र चितवन भेट्रान तथा पोखरा एघार भेट्रान र झम्सीखेल भेट्रानबीच खेल हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।