• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन ६, २०८३ Wed, Jul 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भागबन्डा मिलाउन जम्बो मन्त्रिपरिषद् बनाउँदै प्रदेश सरकारहरू

64x64
बीपी अनमोल शनिबार, कात्तिक १३, २०७८  २०:११
1140x725

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले जेठ १४ गते मन्त्रिपरिषद् पुनर्गठन गरे। २०७४ फागुन ५ गते गठन भएको उनी नेतृत्वको सरकारमा अहिले ७ जना मन्त्री र ४ जना राज्यमन्त्री छन्। त्यसबेला एमालेको माधवकुमार नेपाल समूहमा रहेका नेताहरुलाई मन्त्री र राज्यमन्त्री बनाउन मुख्यमन्त्री भट्टले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। पछि एमाले विभाजनसँगै उनीहरु नेकपा एकीकृत समाजवादीमा लागे। 

सो पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। पुनर्गठन असंवैधानिक भएको भन्दै दायर गरिएको रिट अहिलेसम्म विचाराधीन छ। ५२ सदस्यीय प्रदेश सभामा संविधान अनुसार २० प्रतिशत संख्या अर्थात् बढीमा १० जना मात्रै समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने थियो। तर, उनले त्यसभन्दा बढी (११ जना) मन्त्री बनाएका थिए।

भागबन्डा मिलाउनका लागि नै उनले संविधानले तोकेको भन्दा बढी मन्त्री बनाएका थिए। सुदूरपश्चिममा मन्त्रालय नफुटाइए पनि भागबन्डा मिलाउन राज्यमन्त्री थपेर संविधानले तोकेको भन्दा बढी मन्त्री बनाइएको छ।

कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत तथा ऊर्जा मन्त्रालय बनायो। यसअघि कर्णाली प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय; आर्थिक मामिला तथा योजना मन्त्रालय; भौतिक पूर्वाधार विकास मन्त्रालय; भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय; सामाजिक विकास मन्त्रालय; आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय थिए।

तर, पछि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय थपिएको हो। भौतिक पूर्वाधार विकास मन्त्रालयको नाम पनि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बनाइयो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नाम संशोधन गरी आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रालय बनाइएको छ। वैशाख २९ कै मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्यविभाजन) नियमावली २०७४ को अनुसूची १ र २ संशोधन गरी एउटा मन्त्रालय थप्ने निर्णय गरेको थियो। त्यहाँ अहिले मुख्यमन्त्रीसहित ८ वटा मन्त्रालय रहेका छन्।

प्रदेश सरकार निर्माण भएपछि सातवटै प्रदेशमा ४९ मन्त्रालय रहेका थिए। तर, बीचमा मन्त्रालय टुक्र्याउँदै ६५ पुर्‍याइएको छ। प्रदेशमा कतिपय मन्त्रालयहरुको आवश्यकता हो वा होइन भन्ने अध्ययन नै नगरी सत्ता साझेदार दलहरुले गठबन्धन टिकाइराख्नका लागि मन्त्रालयको संख्या बढाउने गरेका छन्।

सबैभन्दा धेरै बेथिति लुम्बिनी प्रदेशमा देखिएको छ। त्यहाँ १३ मन्त्री र ४ राज्यमन्त्री रहेको मन्त्रिपरिषद् गठन भएको छ।

लुम्बिनी प्रदेशमा भागबन्डा मिलाउनका लागि नै मन्त्रालय फुटाएर जम्बो मन्त्रिपरिषद् निर्माण गरिएपछि पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले फेसबुकमा टिप्पणी गरेका छन्, ‘६ जनाले नमूना काम गरेर देखाएको लुम्बिनीमा सत्र जनाको जम्बो सरकार बनेछ। संविधानले नरोकेको भए जति सभासद त्यति मन्त्रीको लक्षण पो देखियो।’

nimb
nimb
Ncell 2
Ncell 2

तर, उनै पोखरेल मुख्यमन्त्री भएका बेला आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिलाउन मन्त्रालय फुटाएर ९ वटा बनाएका थिए। वैशाख ६ गते उनले मन्त्रालय टुक्र्याएका थिए।

तर, अहिले बनेका मुख्यमन्त्री कुलप्रसाद केसीले कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी लगायतको गठबन्धनलाई चित्त बुझाउन मन्त्रालय र मन्त्रीहरुको संख्या विशाल बनाएका हुन्। उनले झन्डै संघीय सरकारकै जत्रो मन्त्रिपरिषद् बनाएका हुन्। उनी साउन २८ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

भागबन्डा मिलाउनकै लागि त्यहाँ ‘पर्यटन, ग्रामिण तथा सहरी विकास’, ‘स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण’, ‘ऊर्जा, जलस्रोत तथा सिँचाई’, ‘उद्योग, वाणिज्य तथा आपूर्ति’, ‘कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक’, ‘श्रम, रोजगार र यातायात’, ‘शिक्षा, विज्ञान, युवा तथा खेलकुद’ मन्त्रालय निर्माण गरिएका छन्। लुम्बिनीमा सामाजिक विकास मन्त्रालय टुक्र्याएर स्वास्थ्य तथा जनसंख्या र शिक्षा तथा सामाजिक विकास तथा भौतिक पूर्वाधार विकास मन्त्रालय टुक्र्याएर भौतिक पूर्वाधार विकास र ग्रामीण तथा सहरी विकास मन्त्रालय बनाइएको हो।

८७ सदस्यीय लुम्बिनी प्रदेशमा संविधानतः अधिकतम १७ सदस्यीय मन्त्रिपरिषद् बनाउन सकिन्छ।

गण्डकी प्रदेशमा पनि भागबन्डा मिलाउनका लागि मन्त्रालय फुटाइएका छन्। सरकार निर्माणका लागि निर्णायक मानिएका दीपक मनाङेलाई मन्त्री बनाउनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघि छुट्टै मन्त्रालय बनाएका थिए। वैशाख १६ गते गुरुङले सामाजिक विकास मन्त्रालय टुक्र्याएर मनाङेलाई खेलकुद मन्त्री बनाएका थिए।

मुख्यमन्त्री गुरुङले आफ्नो सत्ता निरन्तरताका लागि सात वटा मन्त्रालय फुटाएर ११ बनाएका थिए। गण्डकीमा पहिले आर्थिक मामिला तथा योजना मन्त्रालय रहेकोमा अहिले छुट्टै अर्थ मन्त्रालय बनाइएको छ। त्यस्तै, त्यहाँ सरकारमा सहभागी दलहरुलाई मिलाउनका लागि नै ऊर्जा, जलस्रोत तथा खानेपानी, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छुट्टै राखिएको छ।

६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा अहिले मुख्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिमण्डल रहेको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केही दिनअघि नै दोबाटे विश्वकर्मालाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकेका छन्।

उता प्रदेश २ सरकारमा पनि मन्त्रालय फुटाइएका छन्। अर्थ मन्त्रालय छुट्टै निर्माण गरिएको छ। १०४ सदस्यीय प्रदेश सभा रहेको प्रदेश २ मा ११ मन्त्री र ३ राज्यमन्त्री बनाइएका छन्। मुख्यमन्त्री लालबाबु राउतले दुईवटा मन्त्रालय आफूसित राखेका छन्। उनले कानुन, न्याय तथा प्रदेश सभा मन्त्रालय र वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय आफूसित नै राखेका छन्। प्रदेश २ मा जसपाको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस सरकारमा सहभागी बनेको छ।

प्रदेश २ मा आन्तरिक मामिला तथा कानुन मन्त्रालय टुक्र्याएर आन्तरिक मामिला तथा सञ्चार, कानुन, न्याय तथा प्रदेश सभा, भौतिक पूर्वाधार विकास मन्त्रालय टुक्रयाएर भौतिक पूर्वाधार विकास र खानेपानी तथा ऊर्जा विकास, सामाजिक विकास मन्त्रालय टुक्रयाएर सामाजिक विकास र महिला, बालबालिका, युवा तथा खेलकुद एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय टुक्र्याएर उद्योग, पर्यटन तथा वन र वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय बनाइएको छ।

२०७४ फागुन ३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ७ सदस्यीय मन्त्रिपरिषद गठन गरिएको थियो। 

बागमती प्रदेशमा हालै सरकार परिवर्तन भएको छ। अहिले मुख्यमन्त्री र तीन मन्त्री छन्। बागमतीमा मन्त्रिपरिषद् विस्ता हुन बाँकी छ। यसअघि बागमतीमा मुख्यमन्त्रीसहित ८ जना मन्त्री र चारजना राज्यमन्त्री थिए। ७ वटा मात्रै मन्त्रालय रहेको बागमतीमा स्वास्थ्य मन्त्रालय छुट्टै बनाइएको थियो। बागमती प्रदेश सभामा १०९ सदस्य छन्। बागमतीमा नयाँ सरकार बनेकाले भागबन्डा मिलाउन मन्त्रालय अझै टुक्र्याएर व्यवस्थापन गर्ने सम्भावना छ।

प्रदेश १ मा मुख्यमन्त्रीसहित ७ जना मन्त्री रहेका छन्। त्यहाँ तीनजना राज्यमन्त्री बनाइएको छ। प्रदेश १ मा यसअघि रहेका मन्त्रालयलाई नै यथावत राखिएको छ। प्रदेश १ मा ९२ जना सांसद रहेका छन्।

२०७४ मा प्रदेश सरकार निर्माण हुँदा गठन भएका मन्त्रालयभन्दा कतिपय ठाउँमा भागबन्डाका लागि मन्त्रालय फुटाइएका छन् भने कतिपय ठाउँमा पुरानै कायम गरिएका छन्। सुदूरपश्चिममा संविधानले तोकेभन्दा बढी मन्त्री नियुक्त गरिएका छन्।

नेपालको संविधान भाग १३ मा प्रदेश कार्यपालिका गठनको व्यवस्था छ। जस अन्तर्गत धारा १६८ मा प्रदेश मन्त्रिपरिषद् गठनबारे व्याख्या गरिएको छ। १६८ (९) मा प्रदेश सभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्रीसहित प्रदेश सभाका कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्ने उल्लेख छ। तर, कतिपय प्रदेश सरकारले यो व्यवस्थाभन्दा बाहिर गएर मन्त्रिपरिषद् गठन गरेका छन्।

प्रदेश सरकारमा मन्त्रालय फुटाउने र संविधानमा तोकिएको भन्दा बढी मन्त्री बनाउने परिपाटीले विकृति ल्याउने जानकारहरु बताउँछन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यसले अराजकता ल्याउने बताए।

‘आफ्नो सत्ता टिकाउन, लम्ब्याउन, जथाभावी मन्त्री बनाउन र पद निर्माण गरेर सुविधा दिने काम विचलन हो’, उनले भने, ‘संविधान र कानुनले तोकेभन्दा अनावश्यक बढी मन्त्रालय बनाएर जनतालाई बोझ दिने काम भएको छ।’

अहिले प्रदेश सरकारमा सत्ता टिकाउन र भागबन्डाका लागि मन्त्रालय फुटाएर मन्त्री बनाउने लगायतका काम गरिनु पनि भ्रष्टाचार हुने उनी बताउँछन्। २०५२ सालमा सत्ता टिकाउन त्यतिबेलाका प्रधानमन्त्री (हाल पनि प्रधानमन्त्री) शेरबहादुर देउवाले ५२ सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाएका थिए।

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  २०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
निजी स्वास्थ्य र शिक्षाको ‘समता कर’ हटाउने मन्त्रिपरिषदको निर्णय प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद बैठकले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको तीन प्रतिशत समता कर... बुधबार, साउन ६, २०८३
आत्मदाहबाट ज्यान गुमाएका गणेश नेपालीको घटनामा सरकारले बनायो छानबिन समिति सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त समितिले आत्मदाह गरी ज्यान गुमाएका गणेश नेपालीको घटनाबारे सत्य तथ्य छानबिन गरी सरकारलाई... बुधबार, साउन ६, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरू बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षमा न्यायिक छानबिन समिति गठन गरेको हो। बुधबार, साउन ६, २०८३
ताजा समाचारसबै
निजी स्वास्थ्य र शिक्षाको ‘समता कर’ हटाउने मन्त्रिपरिषदको निर्णय बुधबार, साउन ६, २०८३
आत्मदाहबाट ज्यान गुमाएका गणेश नेपालीको घटनामा सरकारले बनायो छानबिन समिति बुधबार, साउन ६, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरू बुधबार, साउन ६, २०८३
कांग्रेस सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश बुधबार, साउन ६, २०८३
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तनपक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : प्रचण्ड बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको झिनो लक्ष्य मंगलबार, साउन ५, २०८३
सरकारले हरेक दिन एक जना नेपालीलाई लखपति बनाउने मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्