काठमाडौं- गत महिना माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोली नगदसहित सम्मानित भएको छ।
बुधबार नेपाली कांग्रेस तरुण विभागले साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरेको हो।
नेपाली टोलीका खेलाडी र प्रशिक्षकहरुलाई गृहमन्त्री बालकृष्ण खाँणले सम्मानित गरे।
यसअघि सरकारले उपविजेता टोलीका खेलाडीलाई जनही ५/५ लाख दिने निर्णय गरिसकेको छ।
यस्तै, प्रशिक्षकहरुलाई ३/३ लाख दिने निर्णय गरेको थियो।
मालेमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।