काठमाडौं– चेल्सी लिग कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। साउथह्याम्पटनलाई पेनाल्टी सुटआउटमा हराउँदै चेल्सीले क्वार्टरफाइनलमा स्थान बनाएको हो।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा साउथह्याम्पटनका थियो वाटकट र विलिम्स स्मलबोनले गोल गर्न सकेनन्। चेल्सीका मासन माउन्ट पनि पेनाल्टीमा चुके।
चेल्सीका मार्कोस एलोन्सो, कालुम हडसन–ओडोई, बेन चिलवेल र जेम्सले गोल गरे भने साउथह्याम्पटनका एडम आर्मस्ट्रङ, शाने लङ र ओरियल रोमोउले गोल गरे।
खेलमा सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो। खेलको ४४औं मिनेटमा काई हाभार्टजको गोलबाट चेल्सीले अग्रता लिएको थियो। दोस्रो हाफको सुरुमै साउथह्याम्पटनका चे एडम्सले बराबरी गोल फर्काएका थिए।
खेलमा दुबै टोलीले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्।
क्वार्टरफाइनलको ‘ड्र’ शनिबार सार्वजनिक हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।