काठमाडौं- फर्पिङ स्पोर्टस डेभलपमेन्टले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा फर्पिङले फुटबल फेलोसिपलाई ११-० गोल अन्तरले पराजित गरेको हो।
फर्पिङको जितमा निरज श्रेष्ठले चार गोल गरे। यता, गणेश लावतीले ह्याट्रिक पूरा गरे।
त्यस्तै, नरकुमार राईले दुई गोल गर्दा अनिल गुरुङ र सल्यान खड्गीको नाममा एक–एक गोल रह्यो।
फुटबल फेलोसिपको यो लगातार दोस्रो पराजय हो। यसअघि फेलोसिप नेपाल आर्मी भेट्रान्स क्लबसँग ७-१ ले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।