काठमाडौं- नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा पराजित भएको छ।
ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामा सम्पन्न खेलमा नेपाल इरानसँग ४-० ले पराजित भएको हो।
इरानले १७औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेन।
डि बक्सभित्र अभिषेक लिम्बुले इरानी खेलाडीलाई फाउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। तर, उसका कप्तानले सदुपयोग गर्न सकेनन्। तर, इरानले दोस्रो हाफमा ४ गोल गर्यो।
खेलको ४७औं मिनेटमा मेहदीले गोल गर्दै इरानलाई अग्रता दिलाए। यस्तै, होसेनले खेलको ७७औं र ७९औं मिनेटमा गोल गर्दै ३-० को अग्रता दिलाए।
इन्ज्युरी समयको चौथो मिनेटमा यासिनले गोल गर्दै ४-० को जित पक्का गरे।
नेपालले अब बिहीबार हुने दोस्रो खेलमा आयोजक ताजिकिस्तानको सामना गर्नेछ। अन्तिम खेल आइतबार लेबनानविरुद्ध हुनेछ।
समूहको शीर्ष टोली सिधै अन्तिम चरणमा छनोट हुँदा दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोली पनि अघि बढ्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।