काठमाडौं- एएफसी यू-२३ एसियन कप छनोटमा नेपालले अहिले इरानविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।
ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा नेपाल र इरानबीच गोलरहित बराबरी भएको छ।
इरानले १७ औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेन। डि बक्सभित्र अभिषेक लिम्बुले इरानी खेलाडीलाई फाउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। तर, उसका कप्तानले सदुपयोग गर्न सकेनन्।
इरानविरुद्धको यू-२३ खेलमा नेपालले अहिलेसम्म जित निकाल्न सकेको छैन। यस अघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो। त्यस खेलमा इरानले नेपाललाई ५-० ले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।