काठमाडौं- ललितपुरे ‘ए’ डिभिजन क्लब च्यासल युथ क्लबले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ।
च्यासलले सोमबार पत्रकार सम्मेलन गर्दै क्यामरुनी खेलाडीद्धय २२ वर्षीय कित्वा यानिक र २५ वर्षीय मोउसा अबागानालाई अनुबन्ध गरेको जानकारी दिएको हो।
उनीहरुलाई एक वर्षका लागि अनुबन्धन गरिएको बताइएको छ।
पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्सबाट खेलेका दुवैले उत्कृष्ट प्रदर्शन गरेका थिए। सोही प्रदर्शनलाई आधार मानेर उनीहरुलाई अनुबन्ध गरिएको च्यासलले जनाएको छ।
यसअघि च्यासलले नेपालीमूलका इटालियन खेलाडी विकास मेराग्लियालाई अनुबन्धन गरेको थियो।
सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।