काठमाडौं- कन्काई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको ‘नकआउट’ चरणमा प्रवेश गरेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार सम्पन्न खेलमा बागमती नगरपालिकासँग १-१ गोलको बराबरी खेल्दै कन्काई ‘नकआउट’ चरणमा पुगेको हो।
प्रतिस्पर्धात्मक खेलमा कुशुम खतिवडाले गोल गर्दै कन्काईलाई अग्रता दिलाएकी थिइन्। तर, सदिपा ब्लोनले गोल गर्दै बागमतीलाई हारबाट जोगाइन्।
यस बराबरीसँगै समूह ‘ए’ बाट कन्काईले ३ खेलमा ७ अंक जोड्यो। कन्काई शीर्षस्थानमा रहँदै नकआउट चरणमा पुगेको छ।
बागमतीले ३ खेलमा ७ अंक जोड्यो। तर, बागमती गोल अन्तरमा कन्काईसँग पछि परेको हो।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ। प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।