काठमाडौं- प्रोटोनको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालमै पहिलो र उत्कृष्ट "विशेष ०.९९%" योजना ग्राहकसमक्ष प्रस्तुत गरेको छ।
विशेष ०.९९% ब्याजदर योजनाका साथै अन्य ब्याजदरको विकल्पसमेत यस योजनामा समावेश गरिएको छ। यस योजना यहि २४ असोज गतेबाट सुरु भएर चाडपर्वको मौसम जारि रहुन्जेलसम्म निरन्तर रहने कम्पनीले जनाएको छ।
नेपालमा बैंकको ब्याजदरमा उतारचडाव भैरहेको अवस्थामा पनि यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० मात्र ०.९९% ब्याजदरमा फाइनेन्सिङ्ग गरेर खरिद गर्न सक्नेछन्। उचित कागजपत्र बुझाको ४८ घण्टामै ग्राहकहरुले आफूले रोजेको प्रोटोन गाडी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
यस प्रोटोन "विशेष" योजना बाहेक ग्राहकहरुले अन्य आकर्षक २.९९%, ५.९९%, ८.९९% र ११% ब्याजदरमा पनि फाइनेन्सिङ्गको योजनाहरु पाउन सक्नेछन् जस अन्तर्गत ब्याज अनुसारको किस्ताबन्दीको सुबिधा पनि रहेको छ। यी योजनाहरु सिमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ। किस्तावन्दीमा सवारी खरिद गर्नका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट प्रालिले इन-हाउस फाइनेन्सिङ्गको सुविधा प्रदान गर्दै आइरहेको छ।
विशेष ०.९९% अफर समायोजन नगरी प्रोटोन सागाको सुरुवाती मूल्य रू ३७,९९,००० राखिएको छ भने प्रोटोन एक्स ७० को सुरुवाती मूल्य रू ८६,९९,००० तोकिएको छ भने यस योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा लागू हुनेछ।
प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी हो जसले १९८५मा प्रोटोन साँगाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो। त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हाँसिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन भने यसका लगभग ४.४ मिलियन प्रयोगकर्ता रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।