काठमाडौं– लिग वनअन्तर्गत मार्से र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बराबरी खेल्दै अंक बाँडेका छन्। फ्रान्सको ‘ले क्लासिक’ डर्वीमा दुवै टोलीको गोलले मान्यता नपाउँदा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
मार्सेमा आइतबार राति भएको खेलको १४औं मिनेटमा लुआन पेरेसले गोल गरेपनि भीएआरबाट उनको गोलले मान्यता पाएन। २०औं मिनेटमा एर्काडिअस मिलिककोे गोलले पनि मान्यता पाएन।
खेल ५७औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटिन पुग्यो। सेन्गिज अन्डरलाई फल गर्न पुगेपछि रेफ्रीले अचरफ हाकिमीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए।
बराबरीसँगै ११ खेलबाट २८ अंक जोडेको पीएसजी शीर्षस्थानमा यथावत रहँदा मार्से १८अंक जोडेर शीर्ष चारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।