काठमाडौं– एएफसी यू–२३ एसियन कप छनोटमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दै छ। ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ।
इरानविरुद्ध नेपाल सुखद सुरुआत गर्ने योजनासहित मैदान उत्रँदै छ। छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बताए।
नेपालले यू–२३ एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो। यस अघि नेपालले सन् २०१५ मा इरानसँग उसैको नेपाल ५–० ले पराजित भएको थियो।
छनोटको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ।
समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन्। यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् ।
उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।