• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सर्वोच्चमा निर्णायक सोमबारको प्रतीक्षा : के गर्लान् प्रधानन्यायाधीश?

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ७, २०७८  २३:१६
1140x725

काठमाडौं- २०७४ फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतका आठ न्यायाधीशले इजलास बहिष्कार गरेका थिए। पराजुलीले आफूसँग असहमत रहेका न्यायाधीश चोलेन्द्रशमशेर जबराको पेसी भने केही दिन तोकेनन्। जबराले फागुन २८ गते इजलासमै लिखित वक्तव्यमार्फत् पराजुलीको पदावधि गत साउन (२०७४ साउन)मै सकिएको भन्दै उनले तोकेको इजलास बहिष्कार गर्ने घोषणा गरेका थिए। 

न्यायाधीशहरु दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा, ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र आनन्दमोहन भट्टराईले पराजुलीको इजलास बहिष्कार गरेका थिए।  प्रधानन्यायाधीश पराजुलीको बेञ्च बहिष्कार गर्नेमा हालका प्रधानन्यायाधीश (तत्कालीन न्यायाधीश) जबराले नेतृत्व गरेका थिए। एक हिसाबले भन्दा उनले नै नै अदालतमा इजलास बहिष्कारको नयाँ अध्याय सुरु गराएका थिए। जबरालाई पछि दीपकराज जोशीलगायतले साथ दिए। तर, जोशी कामु प्रधानन्यायाधीश बनेपछि जबराले असहयोग गरेपछि उनी प्रधानन्यायाधीश पनि भएनन्, सर्वोच्चमा पुरा कार्यकाल पनि काम गर्न पाएनन्।

संसदीय सुनुवाइबाट दीपकराज जोशी अस्वीकृत भएपछि प्रधानन्यायाधीश बनेका चोलेन्द्रशमशेर जबराले जोशीलाई पेसी नै तोकेनन्। प्रधानन्यायाधीशले पेसी नतोकेपनि जोशी भने निरन्तर सर्वोच्चमा आइरहे। अन्तिममा प्रधानन्यायाधीश जबराले जोशीको नाममा रहेको एक नम्बर न्यायाधीशको चेम्बर पनि खोसेपछि जोशी बाध्य भएर सर्वोच्चबाट बिदा भए। यसरी जबराकै कारण सर्वोच्चबाट जोशीको दुःखद बहिर्गमन भएको थियो।

संयोग नै मान्नुपर्छ, जबराले नै सुरु गरेको इजलास बहिष्कारको नयाँ अध्याय अब उनकै विरुद्ध प्रयोग भएको छ। आइतबारदेखि सर्वोच्च अदालतका १४ न्यायाधीशले उनले तोकेको इजलास बहिष्कार गर्न सुरु गरेका छन्। आइतबार चिया समयपछि कुनै पनि न्यायाधीश मुद्दा सुनुवाईका लागि इजलासमा गएनन्। बरु उनीहरुले सामूहिक छलफल गरे। र, प्रधानन्यायाधीश जबराले बारका पदाधिकारीसँग केही बेर अघि सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बोलाउने भनि गरेको सहमति आफुहरुका लागि मान्य नभएको भन्दै सहभागी नहुने निर्णय गरे।

प्रधानन्यायाधीश जबराका लागि अहिले उनकै विगत र विगतमा साथ दिएका सहकर्मी नै प्रत्युत्पादक सावित भएका छन्। आफैँले उत्पादन गरेको इजलास बहिष्कारको फर्मूला यतिबेला उनकै विरुद्धमा प्रयोग हुँदा उनले के गर्लान् भन्ने कौतुहल भने बाँकी नै छ। तर, सर्वोच्चमा पछिल्लो बहिष्कार प्रकरणले पराजुली र जोशीकै नियति उनका लागि पनि आइलागेको संकेत देखिएको छ। 

एक्लिएका  जबरा 
आइतबार सर्वोच्चमा प्रधानन्यायाधीश बाहेक १४ जना न्यायाधीश उपस्थित थिए। १९ स्थायी न्यायाधीश कार्यरत रहेकामध्ये पाँचजना काठमाडौ बाहिर भएकाले अदालतमा उपस्थित थिएनन्। न्यायाधीश ईश्वर खतिवडा अमेरिकामा रहेका छन्। शुक्रवारको छलफलमा उनी वरिष्ठ न्यायाधीशहरुसँग भर्चुअल माध्यमवाट जोडिएका थिए। उनले न्यायाधीशहरुले लिने निर्णयमा आफ्नो साथ रहेको बताएका थिए। न्यायाधीश सपना प्रधान मल्ल एक साताका लागि आइतबारदेखि विदा लिएर खप्तड भ्रमणमा गएकी छन् भने न्यायाधीश तेजबहादुर केसी वुटवलमा छन्। त्यस्तै, न्यायाधीशहरु कुमार चुडाल, कुमार रेग्मी र अनिलकुमार सिन्हा विदामा छन्। 

आइतबारको प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरुको वैठकमा  सर्वोच्चका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए। 
यो बैठकमा उपस्थित केही न्यायाधीशहरू प्रधानन्यायाधीश जबरानिकट भनेर चिनिन्थे। तर, जबराको निकट भनिएका ती न्यायाधीशहरू पनि आइतबार जबराविरुद्धको मोर्चाबन्दीमा सहभागी बने र फूलकोर्टको बैठक बहिष्कार गर्ने सामूहिक निर्णयमा सामेल भए। उनीहरुले सोमबार इजलास बहिष्कार गर्ने चेतावनी मात्र दिएका छैनन्, पूर्वन्यायाधीशहरुले उठाएको स्वयंले मार्गप्रशस्त गरेर निकास नदिए प्रधानन्यायाधीश जबरामाथि संसदले संवैधानिक कर्तव्य पूरा गर्नुपर्ने (महाभियोग लगाउनुपर्ने)सम्मको मागलाई समेत आफ्नो छलफलको अजेण्डा बनाएका छन्। 

निष्कलंक र विवादरहित रहनुपर्ने प्रधानन्यायाधीश पटक-पटक विवादमा तानिएका र उनीमाथि लागेका आरोपहरू पुष्टि हुने आधार पनि देखिएकाले न्यायपालिकासँग जोडिएका धेरै क्षेत्रबाट प्रधानन्यायाधीशको राजीनामा माग गरिएको छ। पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरूले प्रधानन्यायाधीशले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरिसकेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

आइतबार सर्वोच्चमा उपस्थित १४ जना न्यायाधीशहरूले नै सोमबारको फूलकोर्ट बैठक बहिष्कार गर्ने र इजलास पनि बहिष्कार गर्नसक्ने निर्णय गरेसँगै सर्वोच्चमा प्रधानन्यायाधीश जबराको दिनगन्ती सुरु भएको विश्लेषण गर्न थालिएको छ। न्यायाधीशहरूले फूलकोर्ट बहिष्कारको निर्णय मात्र नभई सोमबार ११ बजेका लागि अलग्गै बैठकको समय तोक्नु भनेको एक प्रकारको इजलास बहिष्कार गर्नु नै हो। र, यस्तो अवस्थामा प्रधानन्यायाधीशमाथि सबभन्दा ठूलो नैतिक सङ्‍कट उत्पन्न हुन्छ। कानुनविद्हरु त्यो अवस्थामा प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्ने अवस्था आउने बताउँछन्।

प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्वमा पुग्दा उनलाई खुलेर साथ दिने ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई मात्र थिए। त्यसबेला उनीहरुले जबरालाई स्वागत गर्दै लामो अवधि प्रधानन्यायाधीशका रुपमा रहने जबरालाई साथ दिनुपर्ने र उनीबाट आफूहरुले सुधारको अपेक्षा गरेको बताएका थिए। जबरालाई सर्वोच्चमा स्वागत गर्दा अन्य न्यायाधीशहरुले आनाकानी गरे पनि क्षमता र निष्ठाका हिसाबले अलग छबि बनाएका खतिवडा र भट्टराईले भने राणालाई खुलेर साथ दिएका थिए। 

तर, अहिले उनीहरुसहित सबैजसो न्यायाधीश जबराको विपक्षमा उभिएका छन्। परिणाम, प्रधानन्यायाधीश एक्लिएका छन्। जबरानिकट भनेर चिनिने केही न्यायाधीशहरु पनि १४ जनाको समुहमा गएपछि राणाको बर्हिगमन निश्चित जस्तै देखिएको छ। सोमबार फुलकोर्ट अघि बस्ने न्यायाधीशहरुको वैठकले नै सम्भवतः यसको छिनोफानो गर्नेछ। 

फुयालले वरिष्ठ न्यायाधीशहरुसँग भने :  मेरो गलत नियत थिएन तर, 
न्यायाधीश हरि फुयालले आइतबारको न्यायाधीशहरुको वैठकमा संवैधानिक परिषद सम्वन्धी विवाद सुनुवाई गरिरहेको संवैधानिक इजलास रोक्न भनि गरेको आदेशका कारण आफू विवादमा तानिएको भन्दै वरिष्ठ न्यायाधीशहरुसँग गुनासो गरेका थिए। अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा अन्तरिम आदेश दिएको कुरामा आफूलाई प्रयोग गरिएको मनसाय व्यक्त गर्दै उनले अव आफू वरिष्ठ न्यायाधीशहरुको साथमा रहेको बताएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आफूले संवैधानिक इजलास गठनबारे संविधानमा भएको व्यवस्था र अदालतमा विचाराधीन विषयमा कुन हदसम्म बोल्न पाइन्छ भन्नेबारे पनि व्याख्या होस् भन्ने सकारात्मक र निकास दिने आदेश गरेको, तर त्यसको फाइदा उठाइएको आशय उनले व्यक्त गरेका थिए। त्यसबाहेक आफ्नो अन्य मनसाय नभएको तर लामो समयसम्म पेसी नराखेर यो विषयलाई विवादित पारिएको उनको भनाई थियो। 

छलफलमा सहभागी एक न्यायाधीशले उनको भनाइ उद्धृत गर्दै भने, ‘मैले उक्त मुद्दाका लागि इजलास बस्ने मिति नै तोकेर आदेश गरेको थिएँ। उक्त मितिमा सुनुवाइ हुन सकेन।’ उनले यसमा प्रधानन्यायाधीश जिम्मेवार रहेको बताएका थिए। फुयालले स्वतन्त्र न्यायापालिकाको पक्षमा आफू वरिष्ठ न्यायाधीशहरूले गर्ने निर्णयमा पूर्ण सहमत रहेको बताएका थिए। 

यो पनि पढ्नुहोस्

सर्वोच्चमा प्रधानन्यायाधीश विवाद : दोस्रो दिन पनि पाएनन् चोलेन्द्रले मुद्दाबुधबार, फागुन ३०, २०७४

यो पनि पढ्नुहोस्

न्यायाधीशको ‘लफडा’ले सर्वोच्चमा हलचल: नेतृत्वले निकास नदिए इजलास बहिष्कार गर्नेसम्मको छलफलमा वरिष्ठ न्यायाधीशहरूसोमबार, जेठ १७, २०७८

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश राणाको असफलताको मूल्य कहिलेसम्म चुकाउने न्यायालयले? सोमबार, जेठ २४, २०७८

 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  २३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय यससम्बन्धी कार्यक्रम सञ्चालनका लागि शुक्रबार मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। मन्त्री सिता ब... शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्