• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

न्यायाधीशको ‘लफडा’ले सर्वोच्चमा हलचल: नेतृत्वले निकास नदिए इजलास बहिष्कार गर्नेसम्मको छलफलमा वरिष्ठ न्यायाधीशहरू

64x64
लिलु डुम्रे सोमबार, जेठ १७, २०७८  १३:१२
1140x725

काठमाडौं- तीन महिनाको अवधिमा दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनको सुनुवाइ विषयवस्तुभित्र प्रवेश नै नगरी सर्वोच्च अदालतमा इजलास बहिस्कारसम्मको अवस्था निम्तिन थालेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तोकेको संवैधानिक इजलास विवादमा परेपछि वरिष्ठ न्यायाधीशहरुले प्रधानन्यायाधीशमाथि नै गम्भीर प्रश्न उठाउने तयारी गरेका छन्। 

आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलास वरिष्ठ अधिवक्ताहरुले दुईजना न्यायाधीशबारेको बहसमा केन्द्रित गरेपछि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अझै रोचक हुने भएको छ। आइतबार बेलुकासम्म इजलासबाट आदेश गर्ने भन्दै उठेको संवैधानिक इजलासले कुनै पनि आदेश नगरेको र एकै पटक हेर्दाहेर्दैको मुद्दा मंगलबारसम्म पेशी तोकेको थियो। त्यसपछि खेल अर्कैतिर अघि बढेको टिप्पणी भइरहेको छ।

आइतबार साँझको त्यो अप्रत्यासित निर्णय
प्रधानन्यायाधीश राणाले आफूसहित इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई समावेश गरेका थिए। शुरुमा निवेदकहरुले श्रेष्ठको बारेमा प्रश्न उठाएका थिए। तर, पछि केसीको बारेमा पनि प्रश्न उठेको छ।

नेकपा विवादमा फागुन २३ गते ऋषि कट्टेलको मुद्दामा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला सुनाएका श्रेष्ठले विघटन त्यही अवस्थावाट सिर्जना भएको मुद्दा भएकाले हेर्न नमिल्ने तर्क वरिष्ठ अधिवक्ताहरुले उठाएका थिए। वरिष्ठ अधिवक्ता शम्भु थापाले त प्रधानन्यायाधीश राणालाई नै विदामा बस्न सुझाव दिए, आइतबारको बहसमा। 

दिनभर यो विवादमा सुनुवाइ चल्यो। सरकारी पक्षको पनि बहसपछि प्रधानन्यायाधीश राणा दुई न्यायाशीशले विचार गर्नुहुने छ भनेर इजलासबाट उठेका थिए। उनले लिखित आदेश समेत आउने संकेत गरेका थिए। 

तर, बेलुकासम्म आदेश नै नगरी इजलास उठ्यो। संवैधानिक इजलासमा संलग्न न्यायाधीश भट्टराई केहीबेरमा बाहिरिएका थिए। उनले इजलासका बारेमा विवाद भएकाले अब केही फरक विकल्पमा जान सुझाएका थिए। ज्येष्ठताका आधारमा इजलास गठन गर्न पनि उनले सुझाव दिएका थिए। न्यायाधीश कार्की पनि सोही सुझाव दिएर हिँडेपछि लेखिएको आदेशमा हस्ताक्षर नभएको बुझिएको छ।

त्यसपछि मंगलबारसम्मका लागि सुनुवाइलाई हेर्दाहेर्दैमा राख्ने निर्णय गर्दै आइतबारको इजलास टुंग्याइयो। 

जहाँबाट हलचल आयो
तर, इजलासबाट उठ्दा नउठ्दै उनले इजलासका अरु न्यायाधीशलाई जे कुरा सुनाए, त्यसले मुलुकको सर्वोच्च न्यायालयमा गम्भीर हलचल ल्याएको छ। उठ्ने बेला प्रधानन्यायाधीश जबराले ‘कसैले भन्दैमा केही नहुने र यी इजलास कायम रहने’ सुनाएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सुनुवाइ गर्न प्रधानन्यायाधीशले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको इजलास गठन गरेका छन्। तीमध्ये केसी र श्रेष्ठ इजलासमा बस्न नमिल्ने दाबीसहित रिट निवेदकतर्फका कानुन व्यवसायीहरुले इजलासमा निरन्तर आवाज उठाइरहेका छन्। 

श्रेष्ठमाथि नेकपा विवादमा फैसला गरेकाले त्यहीसँग जोडिएको यो मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठिरहेको छ भने सिनियर सबैलाई छाडेर केसीलाई ल्याइएको दाबी कानुन व्यवसायीहरुले गरेका छन्। यहीकारण मुद्दाको सुनुवाइ विषयमा प्रवेश गर्न पाएको छैन। बरु प्रधानन्यायाधीश र वकिलहरुबीच इजलासमै अस्वस्थ सवालजवाफ भइरहेको छ।

यस्तो अवस्था आएपछि र प्रधानन्यायाधीशले प्रश्न उठे पनि इजलासमा हेरफेर नहुने ‘निर्णय’ सहकर्मीहरुलाई सुनाएपछि अदालत गम्भीर मोडतर्फ उन्मुख भएको छ।

सर्वोच्चका वरिष्ठ न्यायाधीशहरु त्यसपछि निरन्तर छलफलमा जुटेका छन्। उनीहरुको छलफल इजलास नै बहिष्कार गरेर जान सक्नेसम्म अघि बढेको छ। ‘निकै गम्भीर अवस्था आयो, हामी छलफलमै छौं’, एक न्यायाधीशले भने, ‘अदालतप्रति अनास्था चुलिएर जाने अवस्थामा हामी कोही पनि अब संवैधानिक इजलासमा नबस्न सक्छौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संवैधानिक इजलासका लागि सर्वोच्चका १४ जना न्यायाधीश रोष्टरमा रहेकोमा पुरुषोत्तम भण्डारीले अवकाश पाएपछि अहिले १३ जना रोष्टरमा छन्। तीमध्ये प्रधानन्यााधीश राणा, न्यायाधीशद्वय केसी र श्रेष्ठबाहेक बाँकी १० जना वरिष्ठ न्यायाधीशका बीचमा पछिल्लो छलफल भइरहेको छ।

यो छलफलमा इजलासमा रहेका न्यायाधीशद्वय कार्की र भट्टराईले इजलास छाड्नेदेखि रोष्टरमा रहेका १० जनाले नै संवैधानिक इजलासमा नबस्ने निर्णय गर्नेसम्मका विकल्पमा कुराकानी भएको अर्का न्यायाधीशले बताए। सोमबार दिउँसोसम्म प्रधानन्यायाधीश र बाँकी दुई न्यायाधीशले लिने सम्भावित निर्णय कुर्ने र केही निकास नआए यो विकल्पमा अघि बढ्ने छलफल उनीहरुबीच भएको छ।

ती न्यायाधीशका अनुसार यही इजलास कायम राखेर अघि बढ्ने निर्णय प्रधानन्यायाधीशले गरेमा कार्की र भट्टराई त्यहाँबाट आफ्नो नाम फिर्ता लिने तयारीमा छन्।

‘त्यसको विकल्पमा सबैभन्दा सिनियरमध्येबाट संवैधानिक इजलास गठन गर्न सकिन्छ, हामीले त्यसमै जोड दिइरहेका छौं’, ती न्यायाधीशले भने, ‘यही इजलास कायम राखियो र अर्को विकल्पमा जान खोजिएन भने हामी १० जनाले नै प्रधानन्यायाधीशज्यूलाई भेटेर संवैधानिक इजलासमा नबस्ने निर्णय सुनाउनुपर्ने हुनसक्छ। हामी छलफलमा छौं, तर निर्णय गरिसकेका छैनौं।’

१० जना न्यायाधीशले यस्तो निर्णय लिएमा सर्वोच्च अदालतमा संवैधानिक इजलास नै गठन हुन सक्ने छैन। त्यसपछि प्रधानन्यायाधीशले न्यायपरिषद्को बैठक डाकेर संवैधानिक इजलासका लागि तोकिने रोस्टर बढाएर अझ तलसम्म लैजानुपर्नेछ। तर, त्यो कदम अदालतका लागि थप घातक हुनसक्ने टिप्पणी ती न्यायाधीशले गरे।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश-न्यायाधीश विवाद : इजलाश बहिस्कार गरेका ७ न्यायाधीशले मागे ५ दिन बिदाबुधबार, फागुन ३०, २०७४

नेतृत्वविरुद्ध इजलास बहिष्कारको घटना यो पहिलो भने हुने छैन। यसअघि पनि तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर राणाकै नेतृत्वमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध इजलास बहिस्कार भएको थियो। पराजुलीको नागरिकता विवादमा राणाको नेतृतवमा इजलास बहिष्कार गरिएको थियो। २०७४ फागुन ३० गते प्रधानन्यायाधीश पराजुलीको वैधतामाथि प्रश्न उठाउँदै आठ न्यायाधीशले इजलास बहिस्कार गरेका थिए।

यो पनि पढ्नुहोस्

सर्वोच्चमा प्रधानन्यायाधीश विवाद : दोस्रो दिन पनि पाएनन् चोलेन्द्रले मुद्दाबुधबार, फागुन ३०, २०७४

तत्कालीन प्रधानन्यायाधीश पराजुलीले आफूसँग असहमत रहेका राणाको पेशी भने केही दिन तोकेनन्। राणाले फागुन २८ गते इजलासमै लिखित वक्तव्यमार्फत् पराजुलीको पदावधि गत साउनमै सकिएको भन्दै उनले तोकेको इजलास बहिस्कार गर्ने घोषणा गरेका थिए।

न्यायाधीशहरु दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा, ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र आनन्दमोहन भट्टराईले पराजुलीको इजलास बहिस्कार गरेका थिए।

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्