• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

न्यायाधीशको ‘लफडा’ले सर्वोच्चमा हलचल: नेतृत्वले निकास नदिए इजलास बहिष्कार गर्नेसम्मको छलफलमा वरिष्ठ न्यायाधीशहरू

64x64
लिलु डुम्रे सोमबार, जेठ १७, २०७८  १३:१२
1140x725

काठमाडौं- तीन महिनाको अवधिमा दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनको सुनुवाइ विषयवस्तुभित्र प्रवेश नै नगरी सर्वोच्च अदालतमा इजलास बहिस्कारसम्मको अवस्था निम्तिन थालेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तोकेको संवैधानिक इजलास विवादमा परेपछि वरिष्ठ न्यायाधीशहरुले प्रधानन्यायाधीशमाथि नै गम्भीर प्रश्न उठाउने तयारी गरेका छन्। 

आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलास वरिष्ठ अधिवक्ताहरुले दुईजना न्यायाधीशबारेको बहसमा केन्द्रित गरेपछि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अझै रोचक हुने भएको छ। आइतबार बेलुकासम्म इजलासबाट आदेश गर्ने भन्दै उठेको संवैधानिक इजलासले कुनै पनि आदेश नगरेको र एकै पटक हेर्दाहेर्दैको मुद्दा मंगलबारसम्म पेशी तोकेको थियो। त्यसपछि खेल अर्कैतिर अघि बढेको टिप्पणी भइरहेको छ।

आइतबार साँझको त्यो अप्रत्यासित निर्णय
प्रधानन्यायाधीश राणाले आफूसहित इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई समावेश गरेका थिए। शुरुमा निवेदकहरुले श्रेष्ठको बारेमा प्रश्न उठाएका थिए। तर, पछि केसीको बारेमा पनि प्रश्न उठेको छ।

नेकपा विवादमा फागुन २३ गते ऋषि कट्टेलको मुद्दामा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला सुनाएका श्रेष्ठले विघटन त्यही अवस्थावाट सिर्जना भएको मुद्दा भएकाले हेर्न नमिल्ने तर्क वरिष्ठ अधिवक्ताहरुले उठाएका थिए। वरिष्ठ अधिवक्ता शम्भु थापाले त प्रधानन्यायाधीश राणालाई नै विदामा बस्न सुझाव दिए, आइतबारको बहसमा। 

दिनभर यो विवादमा सुनुवाइ चल्यो। सरकारी पक्षको पनि बहसपछि प्रधानन्यायाधीश राणा दुई न्यायाशीशले विचार गर्नुहुने छ भनेर इजलासबाट उठेका थिए। उनले लिखित आदेश समेत आउने संकेत गरेका थिए। 

तर, बेलुकासम्म आदेश नै नगरी इजलास उठ्यो। संवैधानिक इजलासमा संलग्न न्यायाधीश भट्टराई केहीबेरमा बाहिरिएका थिए। उनले इजलासका बारेमा विवाद भएकाले अब केही फरक विकल्पमा जान सुझाएका थिए। ज्येष्ठताका आधारमा इजलास गठन गर्न पनि उनले सुझाव दिएका थिए। न्यायाधीश कार्की पनि सोही सुझाव दिएर हिँडेपछि लेखिएको आदेशमा हस्ताक्षर नभएको बुझिएको छ।

त्यसपछि मंगलबारसम्मका लागि सुनुवाइलाई हेर्दाहेर्दैमा राख्ने निर्णय गर्दै आइतबारको इजलास टुंग्याइयो। 

जहाँबाट हलचल आयो
तर, इजलासबाट उठ्दा नउठ्दै उनले इजलासका अरु न्यायाधीशलाई जे कुरा सुनाए, त्यसले मुलुकको सर्वोच्च न्यायालयमा गम्भीर हलचल ल्याएको छ। उठ्ने बेला प्रधानन्यायाधीश जबराले ‘कसैले भन्दैमा केही नहुने र यी इजलास कायम रहने’ सुनाएका थिए।

Ncell 2
Ncell 2

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सुनुवाइ गर्न प्रधानन्यायाधीशले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको इजलास गठन गरेका छन्। तीमध्ये केसी र श्रेष्ठ इजलासमा बस्न नमिल्ने दाबीसहित रिट निवेदकतर्फका कानुन व्यवसायीहरुले इजलासमा निरन्तर आवाज उठाइरहेका छन्। 

श्रेष्ठमाथि नेकपा विवादमा फैसला गरेकाले त्यहीसँग जोडिएको यो मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठिरहेको छ भने सिनियर सबैलाई छाडेर केसीलाई ल्याइएको दाबी कानुन व्यवसायीहरुले गरेका छन्। यहीकारण मुद्दाको सुनुवाइ विषयमा प्रवेश गर्न पाएको छैन। बरु प्रधानन्यायाधीश र वकिलहरुबीच इजलासमै अस्वस्थ सवालजवाफ भइरहेको छ।

यस्तो अवस्था आएपछि र प्रधानन्यायाधीशले प्रश्न उठे पनि इजलासमा हेरफेर नहुने ‘निर्णय’ सहकर्मीहरुलाई सुनाएपछि अदालत गम्भीर मोडतर्फ उन्मुख भएको छ।

सर्वोच्चका वरिष्ठ न्यायाधीशहरु त्यसपछि निरन्तर छलफलमा जुटेका छन्। उनीहरुको छलफल इजलास नै बहिष्कार गरेर जान सक्नेसम्म अघि बढेको छ। ‘निकै गम्भीर अवस्था आयो, हामी छलफलमै छौं’, एक न्यायाधीशले भने, ‘अदालतप्रति अनास्था चुलिएर जाने अवस्थामा हामी कोही पनि अब संवैधानिक इजलासमा नबस्न सक्छौं।’

संवैधानिक इजलासका लागि सर्वोच्चका १४ जना न्यायाधीश रोष्टरमा रहेकोमा पुरुषोत्तम भण्डारीले अवकाश पाएपछि अहिले १३ जना रोष्टरमा छन्। तीमध्ये प्रधानन्यााधीश राणा, न्यायाधीशद्वय केसी र श्रेष्ठबाहेक बाँकी १० जना वरिष्ठ न्यायाधीशका बीचमा पछिल्लो छलफल भइरहेको छ।

यो छलफलमा इजलासमा रहेका न्यायाधीशद्वय कार्की र भट्टराईले इजलास छाड्नेदेखि रोष्टरमा रहेका १० जनाले नै संवैधानिक इजलासमा नबस्ने निर्णय गर्नेसम्मका विकल्पमा कुराकानी भएको अर्का न्यायाधीशले बताए। सोमबार दिउँसोसम्म प्रधानन्यायाधीश र बाँकी दुई न्यायाधीशले लिने सम्भावित निर्णय कुर्ने र केही निकास नआए यो विकल्पमा अघि बढ्ने छलफल उनीहरुबीच भएको छ।

ती न्यायाधीशका अनुसार यही इजलास कायम राखेर अघि बढ्ने निर्णय प्रधानन्यायाधीशले गरेमा कार्की र भट्टराई त्यहाँबाट आफ्नो नाम फिर्ता लिने तयारीमा छन्।

‘त्यसको विकल्पमा सबैभन्दा सिनियरमध्येबाट संवैधानिक इजलास गठन गर्न सकिन्छ, हामीले त्यसमै जोड दिइरहेका छौं’, ती न्यायाधीशले भने, ‘यही इजलास कायम राखियो र अर्को विकल्पमा जान खोजिएन भने हामी १० जनाले नै प्रधानन्यायाधीशज्यूलाई भेटेर संवैधानिक इजलासमा नबस्ने निर्णय सुनाउनुपर्ने हुनसक्छ। हामी छलफलमा छौं, तर निर्णय गरिसकेका छैनौं।’

१० जना न्यायाधीशले यस्तो निर्णय लिएमा सर्वोच्च अदालतमा संवैधानिक इजलास नै गठन हुन सक्ने छैन। त्यसपछि प्रधानन्यायाधीशले न्यायपरिषद्को बैठक डाकेर संवैधानिक इजलासका लागि तोकिने रोस्टर बढाएर अझ तलसम्म लैजानुपर्नेछ। तर, त्यो कदम अदालतका लागि थप घातक हुनसक्ने टिप्पणी ती न्यायाधीशले गरे।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश-न्यायाधीश विवाद : इजलाश बहिस्कार गरेका ७ न्यायाधीशले मागे ५ दिन बिदाबुधबार, फागुन ३०, २०७४

नेतृत्वविरुद्ध इजलास बहिष्कारको घटना यो पहिलो भने हुने छैन। यसअघि पनि तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर राणाकै नेतृत्वमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध इजलास बहिस्कार भएको थियो। पराजुलीको नागरिकता विवादमा राणाको नेतृतवमा इजलास बहिष्कार गरिएको थियो। २०७४ फागुन ३० गते प्रधानन्यायाधीश पराजुलीको वैधतामाथि प्रश्न उठाउँदै आठ न्यायाधीशले इजलास बहिस्कार गरेका थिए।

यो पनि पढ्नुहोस्

सर्वोच्चमा प्रधानन्यायाधीश विवाद : दोस्रो दिन पनि पाएनन् चोलेन्द्रले मुद्दाबुधबार, फागुन ३०, २०७४

तत्कालीन प्रधानन्यायाधीश पराजुलीले आफूसँग असहमत रहेका राणाको पेशी भने केही दिन तोकेनन्। राणाले फागुन २८ गते इजलासमै लिखित वक्तव्यमार्फत् पराजुलीको पदावधि गत साउनमै सकिएको भन्दै उनले तोकेको इजलास बहिस्कार गर्ने घोषणा गरेका थिए।

न्यायाधीशहरु दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा, ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र आनन्दमोहन भट्टराईले पराजुलीको इजलास बहिस्कार गरेका थिए।

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
आफूहरुविरुद्ध गलत निर्णय भए प्रतिकार गर्न तयार रहन पार्टीपंक्तिलाई पूर्णबहादुर खड्काको निर्देशन पार्टी विभाजनपछि सानेपामा पत्रकार सम्मेलन गर्दै षड्यन्त्र भए प्रतिकार गर्न उत्रिनुपर्ने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशन... शुक्रबार, माघ २, २०८२
सानेपाबाट पूर्णबहादुरको आपत्ति- विधानविपरीत डाकिएको भेलालाई विशेष महाधिवेशन भनियो उनले भने,’हामीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाएका छौँ। सर्वसम्मत निर्णय गरेर हामीले आगामी वैशाखमा महाधिवेशन गर्ने गरी कार्यता... शुक्रबार, माघ २, २०८२
एमालेले बोलायो सचिवालय बैठक जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्न... शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
आफूहरुविरुद्ध गलत निर्णय भए प्रतिकार गर्न तयार रहन पार्टीपंक्तिलाई पूर्णबहादुर खड्काको निर्देशन शुक्रबार, माघ २, २०८२
सानेपाबाट पूर्णबहादुरको आपत्ति- विधानविपरीत डाकिएको भेलालाई विशेष महाधिवेशन भनियो शुक्रबार, माघ २, २०८२
एमालेले बोलायो सचिवालय बैठक शुक्रबार, माघ २, २०८२
आधिकारिकता दाबी गर्न गगन पक्षका नेताहरू निर्वाचन आयोगमा शुक्रबार, माघ २, २०८२
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्