काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित हात पारेकोे छ। शनिबार राति सम्पन्न खेलमा डर्टमण्डले अर्मिनियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
डर्टमण्डको जितमा इम्री क्यान, माट हुमेल्स र जुड बेलिङ्घमले एक÷एक गोल गरे। अर्मिनियाका फाबियन क्लोसले एक गोल फर्काए।
खेलको ३१ औं मिनेटमा क्यानले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। हुमेल्सले ४५औं मिनेटमा गोल गर्दा पहिलो हाफममा टिम २–० को स्थितिमा पुग्यो।
खेलको ७२ औं मिनेटमा बेलिङघमले गोल गर्दा डर्टमण्डले ३–० को अग्रता बनायो। त्यसपछि खेलको ८७ औं मिनेटमा अर्मिनियाका फाबियनले पेनाल्टीमा गोल गरेपनि डर्टमण्ड ३–१ ले विजयी भयो।
जितसँगै ९ खेलमा २१ अंक जोडेको डर्टमण्ड लिगको दोस्रो स्थानमा रहेको छ। पराजित अर्मिनिया ५ अंकका साथ १७ औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।