काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ। शनिबार राति सम्पन्न खेलमा सिटीले ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।
सिटीको जितमा फिल फोडेनले दुई तथा इल्के गुन्डोगान र रियाद महरेजले एक÷एक गोल गरे । ब्राइटनका एलेक्सिस माकले एक गोल फर्काए।
सिटीले गुन्डोगानको गोलमा सुरुवाती अग्रता लिएको थियो। उनले खेलको १३ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए।
खेलको २८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए। खेलको ३१ औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटी ३–० को स्थितिमा पुग््यो।
खेलको ८१ औं मिनेटमा ब्राइटनका माकले पेनाल्टीबाट एक गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए। त्यसपछि खेलको इन्जुरी समयमा महरेजले गोल गर्दै सिटीलाई ४–१ को जित दिलाए।
जितसँगै ९ खेलमा २० अंक जोडेको सिटी लिगको दोस्रो स्थानमा रहेको छ। पराजित ब्राइटन १५ अंकका साथ चौथो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।