काठमाडौं- नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली इन्डोनेसिया यू-२३ सँगको मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको छ।
ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा शुक्रबार सम्पन्न खेलमा नेपाली टोलीले पहिलो हाफमा इन्डोनेसियालाई रोकेपनि दोस्रो हाफमा २ गोल खाएको हो।
इन्डोनेसियाका लागि हसिन सागधरा र विटेन सुलेमानले एक एक गोल गरेका थिए। सागधराले खेलको ५५औं मिनेटमा गोल गर्दै इन्डोनेसियालाई अग्रता दिलाएका थिए।
इन्जुरी समयमा विटेन सुलेमानले गोल गरेपछि इन्डोनेसियाले २–० को जित हासिल गर्यो।
एसियन कप छनोटमा नेपाल इरान, लेबनान र आयोजक ताजिकिस्तानको समूहमा रहेको छ।
एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ। छनोटमा समूह ‘बी’ मा नेपालले ताजिकिस्तानसँगै इरान र लेवनानसँग खेल्नेछ। नेपालले २५ अक्टोबरमा इरान, २८ अक्टोबरमा ताजिकिस्तान र लेबनानसँग ३१ अक्टोबरमा प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।