काठमाडौं- उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा बर्दियाको बाँसगढी नगरपालिकाले विजयी सुरुआत गरेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार सम्पन्न खेलमा भक्तपुर नगरपालिकालाई १२-० गोल अन्तरले हराउँदै बाँसगढीले सुखद् सुरुआत गरेको हो।
बाँसगढीको एकतर्फी जितमा अमिशा कार्की एक्लैले ७ गोल गरिन्। यता, मनिका घर्ती मगरले २ तथा रेनुका हमाल, दुर्गा कुमारी चौधरी र तुलसी योगीले एक/एक गोल गरिन्।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।