काठमाडौं– एएफसी यू–२३ एसियन कप छनोटको तयारीमा रहेको नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज शुक्रबार इन्डोनेसियाको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दै छ।
नेपालले ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा इन्डोनेसियाको टिमसँग खेल्न लागेको हो।। नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ।
छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन्।
नेपालले समूह चरणको पहिलो खेल अक्टोबर २५ मा इरानसँग खेल्नेछ । यस्तै दोस्रो खेल अक्टोबर २८ मा ताजिकिस्तानसँग तथा अक्टोबर ३१ मा लेबनानसँग खेल्नेछ।
छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन्।
उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।
नेपाली टोलीः
गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल
डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ
मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी
फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिककुमार खड्का
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।