काठमाडौं– बार्सिलोनाका युवा फरवार्ड अन्सु फातीले क्लबसँगको सम्झौता नविकरण गरेका छन्। बार्सिलोनाले युवा स्टार फातीसँग ६ वर्षका लागि नयाँ सम्झौता गरेको हो।
सम्झौता अनुसार १८ वर्षीय फरवार्ड फाती सन् २०२७ सम्म बार्सिलोनामै रहनेछन्। पछिल्लो सम्झौताअनुसार फातीको बार्सिलोनासँगको सम्झौता यो सिजनको अन्त्यसम्म रहेको थियो। क्लबले उनको रिलिज क्लज एक बिलियन युरो राखेको छ।
गत सिजन चोटका कारण मैदान बाहिर रहेका फातीले यो सिजन उच्च प्रदर्शन गरिरहेका छन्।
प्रशिक्षक एर्नेस्टो भाल्भेर्डेले फातीलाई बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गराएका थिए। उनी च्याम्पियन्स लिगमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी तथा स्पेनिस ला लिगामा गोल गर्ने कान्छा खेलाडी हुन्।
खेल विश्लेषकहरुले फातीलाई बार्सिलोनाको भविष्यका रुपमा हेरेका छन्। उनी टोलीको महत्वपुर्ण हिस्सा बनिसकेका छन्। मेस्सीले छाडेसँगै उनलाई क्लबले १० नम्बरको जर्सी प्रदान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।