काठमाडौं- सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा विशेष छुट सुविधा पाउने भएको छ। बैंकले ग्राहकहरुलाई विशेष छुट दिन देवयानी इन्टरनेसनल (नेपाल) प्रालिसँग सम्झौता गरेको हो।
उक्त छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक रवीन नेपाल र देवयानी इन्टरनेसनल ९नेपाल० प्रालिका नायव महाप्रबन्धक (वित्त विभाग) रितुराज शाहले हस्ताक्षर गरेका छन्।
सम्झौतापश्चात् बैंकका ग्राहकहरुले केएफसी र पिज्जा हटमा खाना र वेभरेजको खरिदमा सनराइज बैंकको के्र्रडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा पाँत प्रतिशत छुट पाउनेछन्।
ग्राहकहरुले केएफसी र पिज्जा हटको उपत्यकाभित्र र बाहिरका १७ वटा शाखाबाट नै यस छुटको लाभ लिनसक्ने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।