काठमाडौं- नेपालका लागि एप्पलको एकमात्र आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले हालै आईफोन १३ सिरिजको लागि प्रि-बुकिङ घोषणा गरेको छ।
आईफोन १३ ले अमेरिकामा २४ सेप्टेम्बर २०२१ बाट आफ्नो सिपिङको सुरूआत गरेको थियो। यसको वितरण नेपालमा २९ अक्टोबरबाट सुरु हुँदै छ।
यो वर्ष यसको लञ्च अघिल्लो वर्षको तुलनामा छिटो रहेको कम्पनीले जनाएको छ। यसको पहिलो लट सीमित स्टकका साथ प्रि-बुकिङको माध्यमबाट उपलब्ध हुने जनाइएको छ।
'ग्राहकहरुले आईएमई पे एप्लिकेसनको उपयोग गरी आफ्नो नयाँ आईफोनहरुको प्रि-बुकिङ गर्नसक्ने छन्, जहाँ उनीहरुले ३० रुपैयाँभन्दा माथिको विभिन्न अफरहरु प्राप्त गर्नेछन् जसमा थुप्रै डिस्काउन्ट कुपनहरु उनीहरुले विभिन्न स्थानबाट पाउनेछन्,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
जसमा रोडहाउस क्याफे (१०% छुट), द एभरेस्ट होटल (१५% छुट), बिइन्ग ह्युमन नेपाल (१०% छुट), भेन्चुरिनी सुज (१०% छुट), राइट च्वाइस नेपाल (२५ % अफ ), बाइकर्स मार्ट (१०% छूट), अर्बन फुड (१५% छुट), नील डेभिडको सैलुन (१०% छुट), केज फिटनेस (२०% छुट) र अप्सन दरबारमार्गमा (५०% सम्मको छुट) रहेको कम्पनीले जनाएको छ। यसबाहेक यसमा एक वर्षको निःशुल्क ब्रेकरेज बिमा र सम्पूर्ण लाइनअपको लागि एक वर्षको वारेन्टी पनि उपलब्ध रहेको जनाएको छ।
'उत्पादनहरुको तोकिएको मूल्य तल दिइएको छ र यो ग्रे बजारको वर्तमान मूल्यहरुको तुलनामा धेरै प्रतिस्पर्धात्मक रहेको छ र केहि मोडलहरुको लागी भारतीय आरआरपी मूल्य निर्धारणको तुलनामा अधिक उचित पनि रहेको छ। वर्तमान लाइनअप रहेको यसको बेस मोडल १२८ जीबीको साथ सम्पूर्ण १३ सिरिजको लागि सुरू गरिएको छ जुन आईफोन १२ लाइनअपको ६४ जीबीभन्दा धेरै राम्रो रहेको छ,' कम्पनीको विज्ञप्तिमा भनिएको छ, 'नयाँ मोडेलमा मुख्य विशेषता भनेको यसको क्यामरा हो, जसमा एक सिनेम्याटिक मोडको सुविधा पनि रहेको छ जसले यसलाई एक प्रोफेसनल भिडियो क्यामेराको रूपमा दाबी गरेको छ- जुन ४ के भिडियोहरुका लागि पनि निकै उपयुक्त रहेको छ।'
आईफोन १३ प्रि-बुकिङ कसरी गर्ने?
- आईएमई पे एप्लिकेसन डाउनलोड गर्नुहोस्
- आफ्नो विवरणहरु रजिस्टर गर्नुहोस् र आफ्नो अकाउन्ट बनाउनुहोस्
- यसको होमपेजमा रहेको 'प्रि-बुक योर आईफोन १३ नाउ' ब्यानरमा क्लिक गर्नुहोस्
- आफ्नो नाम, फोन नम्बर र इमेल एड्रेस इन्टर गर्नुहोस्
- तपार्इंको पहुँचको लागि सबैभन्दा नजिक रहेको ठाउँअनुसार ड्रपडाउन लिस्टको सूचीबाट खुद्रा बिक्रेताहरुको चयन गर्नुहोस्
- ९,९९९ रुपैयाँको प्रि-बुकिङ मूल्यलाई कन्फर्म गर्नुहोस् र आईएमई पे एपबाट पैसा तिर्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।