काठमाडौं- उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा कन्काई नगरपालिकाले विजयी सुरुआत गरेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार सम्पन्न खेलमा गोदावरी नगरपालिकालाई १२-० गोल अन्तरले हराउँदै कन्काईले सुखद् सुरुआत गरेको हो।
कन्काईको एकतर्फी जितमा कुसुम खतिवडा एक्लैले ६ गोल गरिन्। यता, कप्तान लक्ष्मी श्रेष्ठले ४ गोल गरिन् भने मनिता तुम्बो र हिमा राईको नाममा एक/एक गोल रह्यो।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।