काठमाडौं- फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोलीको वरीयता खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ।
नेपाल नयाँ वरीयतामा १ सय ६९औं स्थानमा रहेको छ। हालै साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाल अघिल्लो वरीयतामा १ सय ६८औं स्थानमा रहेको थियो।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ६औं र माल्दिभ्स १ सय ५६औं स्थानमा रहेको छ।
नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन्। बंगलादेश १८७, भुटान १८६, पाकिस्तान १९७ र श्रीलंका २ सय ४ स्थानमा रहेका छन्।
नयाँ वरीयताको शीर्षस्थानमा बेल्जियम यथावत् रहेको छ। यस्तै, ब्राजिल दोस्रो, फ्रान्स तेस्रो, इटाली चौंथौ र इंग्ल्यान्ड पाँचौ स्थानमा रहेका छन्।
यता, अर्जेन्टिना, स्पेन, पोर्चुगल, मेक्सिको र डेनमार्क क्रमश: छैटौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।