काठमाडौं- उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा बागमती नगरपालिकाले सानदार सुरुआत गरेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको उद्घाटन खेलमा महालक्ष्मी नगरपालिकालाई ९-० गोल अन्तरले हराउँदै बागमतीले सुखद् सुरुआत गरेको हो।
एकतर्फी जित निकाल्ने क्रममा बागमतीकी रश्मी कुमारी घिसिङले ५ गोल गरिन्। रेनुका नगरकोटीले २ तथा सदिमा ब्लोन र अनु राईले एक/एक गोल गरिन्।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।