एजेन्सी– जर्मन क्लब बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगमा घरेलु टोली बेन्फिकालाई पराजित गरेको छ। दोस्रो हाफमा १४ मिनेटको अन्तरमा चार गोल गर्दै बायर्नले ४–० सानदार जित दर्ता गरेको हो।
बायर्नको जितमा लिरोए सानेले दुई गोलसँगै एक असिस्ट गरेका थिए। रोबर्ट लेवान्डोस्कीले एक गोल गर्दा क्लबले एक गोल उपहार पाएको थियो।
लिस्बोआमा बुधबार राति भएको खेलमा बायर्नले घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेको थियो।
खेलको ४३औं मिनेटमा रोबर्ट लेवोन्डोस्कीलेगरेको तथा ५२औं मिनेटमा थोमस मुलरले गरेको गालेलाई भीएआरले मान्यता दिएन।
खोलको ७०औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। ८०औं मिनेटमा आत्मघातीबाट बायर्नले खेलमा अग्रता दोब्बर बनायो।
त्यसपछि ८२औं मिनेटमा लेवान्डोस्कीले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई सहज जिततर्फ अघि बढाए। त्यसको दुई मिनेटपछि लिरोए सानेले जोसिप स्टानिसिसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बायर्नलाई ४–० को सानदार जित दिलाए।
जितसँगै समूह ‘ई’ मा अपराजित बायर्न ३ खेलबाट ९ अंकसहित शीर्षस्थानमा यथावत छ। पराजित बेन्फिका ४ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ। बार्सिलोना ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा डेनामो किएभ १ अंक जोडेर पुछारमा रहेको छ।
यही समूहको अर्काे खेलमा जेरार्ड पिकेको एक गोल सहयोगमा डेनामो किएभमाथि १–० को झिनो जित निकालेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।