काठमाडौं– यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले पहिलो जित निकालेको छ।
समूह चरण अन्तर्गत बुधबार राति युक्रेनी क्लब डायनामो किभलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले पहिलो जित निकालेको हो।
घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिकेले निर्णायक गोल गरे।
उनले खेलको ३६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उनले जोर्डी अलबाको पासमा गोल गरेका हुन्।
जितसँगै समूह ई को बार्सिलोनाले ३ खेलमा ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ। बार्सिलोना यअघिका दुई खेलमा पराजित भएको थियो।
यसअघि बार्सिलोना बायर्न र बेनफिकासँग समान ३–० पराजित भएको थियो। समान ३ खेलबाट १ अंक जोडेको किभ समूहको पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।