एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिगमा सानदार जित हात पारेको छ। रियलले युक्रेनी क्लब साख्तर डोनेक्सलाई उसकै मैदानमा ५–० गोलअन्तरले पराजित गरेको हो।
रियलको जितमा ब्राजिली युवा विंगर भिनिसियस जुनियरले दुई तथा रोड्रिगो र कप्तान करिम बेन्जेमाले समान एक गोल गरे। रियलले एक गोल भने उपहार पाएको थियो।
एनएसके ओलम्पिक स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा पाहुना टोली रियलले आत्मघाती गोलबाट अग्रता लिएको थियो। लुकास भास्क्वेजको थ्रु बलमा क्रिभस्टभले आफ्नै पोस्टमा गोल गरेका थिए।
दोस्रो हाफमा १५ मिनेटभित्र तीन गोल गर्दै रियल फराकिलो जिततर्फ अग्रसर बनेको थियो। खेलको ५१औं मिनेटमा ब्राजिली युवा विंगर भिनिसियसको गोलमा रियलले अग्रता दोब्बर बनायो। उनले लुका मोड्रिचको पासमा गोल गरेका थिए।
खेलको ५६औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। ६५औं मिनेटमा भिनिसियसको पासमा अर्का ब्राजिली विंगर फरवार्ड रोड्रिगोको गोल गर्दै रियललाई फराकिलो जिततर्फ अघि बढाए।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान करिम बेन्जेमाले मार्काे एसेन्सियाको पासमा गोल गर्दै रियललाई ५–० को सानदार जित दिलाए।
यो जितसँगै ३ खेलबाट ६ अंक जोडको रियल दोस्रो स्थानमा यथावत रहेको छ। समान ६ अंक नै रहे पनि रियल हेड टु हेडमा एफसी सेरिफ भन्दा पछि छ। रियलले घरेलु मैदानमा सेरिफसँग २–१ को हार बेहोरेको थियो। पराजित साख्तर १ अंकका साथ पुछारमा छ।
यही समूह ‘डी’ को अर्काे खेलमा इटालियन क्लब इन्टर मिलानले मोल्दोभाको एफसी सेरिफमाथि ३–१ को सहज जित निकालेको छ। इन्टरको जितमा इडेन जेको, आर्टुरो भिडाल र स्टेफन डि भिरिजले गोल गरे । सेरिफका सेवास्टिन थिलले एक गोल फर्काए।
यो नजितासँगै सेरिफ दतीन खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा यथावत । सेरिफलाई हराएको इन्टर ४ अंक जोडेर तेस्रोमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।