काठमाडौं– यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ। मंगलबार सम्पन्न भएको खेलमा सिटीले क्लब ब्रुजलाई ५–१ गोल अन्तरले पराजित गरेको हो।
सिटीलाई जित दिलाउन रियाद महरेजले दुई तथा जोआ कान्सेलो, केली वाल्कर र कोले पाल्मरले एक÷एक गोल गरे
ब्रुजका लागि हान्स भानाकेनले सान्त्वना गोल फर्काए।
ब्रुजको मैदानमा सम्पन्न खेलको ३०औं मिनेटमा कान्सेलोले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। ४३ औं मिनेटमा महरेजले पेनाल्टीमा गोल गर्दा सिटी पहिलो हाफमा २–० को स्थितिमा पुग्यो।
खेलको ५३ औं मिनेटमा वाल्करको गोल गर्दै सिटी अग्रता ३–० को बनाए। ६७ औं मिनेटमा पाल्मरले गोल गर्दै सिटीलाई ४–० को अग्रता दिलाए। खेलको ८१ औं मिनेटमा हान्सले गोल गर्दै ब्रुजलाई ४–१ को स्थितिमा ल्याए। तर, खेलको ८४ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५–१ को जित दिलाए।
यस जितसँगै ३ खेलमा ६ अंक जोडेको सिटी समूहको दोस्रो स्थानमा यथावत् रहेको छ। ब्रुज ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
समूह एमा पिएसजी शीर्षस्थानमा छ। टोलीको ३ खेलमा ७ अंक छ भने आरबी लाइप्जिग अंकविहिन छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।