काठमाडौं- ‘मेयर कप भेट्रान्स फुटबल’ प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।
आयोजक फुटबलर्स मिसन टुगेदरले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।
आयोजकका अनुसार प्रतियोगिता कात्तिक ६ देखि १६ गतेसम्म हुनेछ। खेल एन्फा कम्प्लेक्समा हुनेछ। यस्तै, फाइनल दशरथ रंगशालामा हुनेछ।
प्रतियोगितामा २१ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागी टोलीलाई ७ समूहमा विभाजन गरिएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मी भेट्रान्स र फुटबल फेलोसिपबीच प्रतिस्पर्धा हुनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन्।
समूह विभाजन
समूह ‘ए’ – नेपाल आर्मी भेट्रान्स, फुटबल फेलोसिप र फर्पिङ स्पोर्ट्स
समूह ‘बी’ – एनआरटी, भनिमन्डल भेट्रान्स र वि आर ब्रदर्श
समूह ‘सी’ – फ्रेन्ड्स क्लब, एसएनकेसी र बौद्ध भेट्रान्स
समूह ‘डी’ – खुमल भेट्रान्स, ललिपुर वडा नम्वर १४ र साइनिङ सन
समूह ‘ई’ – काभ्रे भेट्रान्स, हेटौडा नगरपालिका र झापा एफसी
समूह ‘एफ’ – चितवन भेट्रान्स, चितवन पश्चिम र बुटवल नगरपालिका सिटी
समूह ‘जी’ – झम्सिखेल भेट्रान्स, श्री कुमारी क्लब र पोखरा भेट्रान्स
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।