काठमाडौं– एएफसी यू–२३ एसियन कप छनोट खेल्ने नेपाली टोली आज (मंगलबार) ताजिकिस्तान जाँदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार छनोटका लागि ताजिकिस्तान जाने नेपाली यू–२३ टोलीलाई बिदाइ गरेको हो।
छनोटका लागि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले आइतबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए।
छनोटमा नेपाल ताजिकिस्तान, लेबनान र इरानसहित समूह ’बी’ मा रहेको छ।
नेपालले समूह चरणको पहिलो खेल अक्टोबर २५ मा इरानसँग खेल्नेछ भने दोस्रो खेलमा अक्टोबर २८ मा ताजिकिस्तानसँग खेल्नेछ। त्यसैगरी छनोट चरणको अन्तिम खेलमा नेपालले अक्टोबर ३१ मा लेबनानको सामना गर्नेछ।
छनोटअघि नेपालले अक्टोबर २२ मा इन्डोनेसियाको यू–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ।
छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन्।
उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।
२३ सदस्यीय अन्तिम टोली ः
गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल
डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ
मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी
फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिककुमार खड्का
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।