काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गतअन्तिम समयमा गोल गर्दै आर्सनल हारबाट जोगिएको छ। सोमबार राति सम्पन्न खेलमा ९५औं मिनेटमा गोल गर्दै आर्सनलले क्रिष्टल प्यालेससँग बराबरी गरेको हो।
खेलमा सुरुवाती अग्रता भने आर्सनलले लिएको थियो। घरेलु टोली आर्सननले खेलको आठौं मिनेटमा पिएर एमरिकको गोलबाट अग्रता लिएको थियो।
क्रिष्टल प्यालेसका लागि क्रिष्टियन बेन्टेकले ५०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि खेलको ७३ औं मिनेटमा उड्सन इट्वार्डको गोलमा क्रिस्टल प्यालेसले अग्रता बनाएको थियो।
खेलको ९५ औं मिनेटमा आर्सनलका एलेक्सान्ड्र लाकाजेटीले गोल गर्दै टिमको पराजय टारेका हुन्।
बराबरीपछि ८ खेलबाट ११ अंक जोडेको आर्सनल १२औं स्थानमा छ। क्रिष्टल प्यालेस ८ अंकसहित १४औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।