काठमाडौं- भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले 'झट्ट ट्रान्सफर, चट्ट कार' योजना सञ्चालनमा ल्याएको छ।
सोमबारदेखि ८० दिनसम्म सञ्चालन हुने यो योजनामा फोनपे डाइरेक्टमार्फत् अन्तरबैंक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एउटा आईफोन जित्नसक्ने कम्पनीले जनाएको छ।
यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउने छन्। फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले गत वर्ष पनि यो योजना सञ्चालनमा ल्याएको थियो। डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले यो वर्ष पनि यस योजनालाई निरन्तरता दिइएको फोनपेको भनाइ छ।
फोनपेमार्फत् कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर १० रुपैयाँमै सहजरुपमा रकम पठाउन सकिन्छ। फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एप्समा रहेको 'सेण्ड मनि' अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ।
फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध रहेको कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।