• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कर्कश विज्ञापनको सास्ती

64x64
मिलन बगाले मंगलबार, कात्तिक २, २०७८  १६:५६
1140x725

‘दीपा, ए दीपा?’ 

‘किन दीपक?’ 
‘अँ, हेर न! केही दिनलाई मेरो घर रुङ्दिन पर्‍यो है। मेरो छिमेकीको भाइको श्रीमतीलाई क्यान्सर भएछ। बिचराको आफ्नो कोही छैन। उैसँग दिल्ली गैदिन पर्‍यो।’

‘एSS, आत्तिनै पर्दैन नी! अनि सुन दिल्लीसिल्ली पनि जानु पर्दैन। नेपालकै झापा जिल्लाको बिर्तामोडमा यही २०७६ साल पुषदेखि दक्षिण पूर्वी एशियाकै नमुना क्यान्सर हस्पिटल सञ्चालनमा आइसकेको छ नी। यो हस्पिटलत त चानचुने हैन नी। ३०० बेडको क्यान्सर हस्पिटल हो। त्यो पनि अमेरिकामा बनेको विश्वकै अत्याधुनिक ट्रुबिलिनियर एक्सिलेटर मेशिनबाट हाम्रो शरीरमा भएको कुनै पनि ट्युमर तथा क्यान्सरको १५ सेकेन्डमै स्क्यान गरी ३९ सेकेन्डमै रेडिएशन दिने मेशिन हो। अझ पाठेघरको त महिलाहरुलाई थाहै नपाई इन्टरनल रेडिएशन थेरापी दिने ब्रेकी थेरापी पनि छ। त्यो त झन् दिल्लीको भन्दा पनि अत्याधुनिक नयाँ प्रविध हो नी।’

‘हो र?’

‘यति मात्र कहाँ हो र दीपक? क्यान्सरको अवस्था कस्तो छ भनेर पत्ता लगाउने पेट स्क्यान मेशिन, महिलाहरुको स्तन क्यान्सरको थाहै नदिई अटोमेटिक तरिकाले बायोप्सी निकाल्ने थ्री डी मेमोग्राम, १२८ स्लाइसको फोरडी स्क्यान, थ्री टेस्लाको एमआरआई, डेक्सा स्क्यान, गामा क्यामेरा, टाउकोको ट्युमर निकाल्न न्यूरो न्याभिगेशन मेशिन, क्यान्सरको अपरेशनका लागि अत्याधुनिक मोडुलर थिएटरबाट सेवा र सुविधा दिन्छ। केमोथेरापी लिनेलाई त डे केयर अझै कति राम्रो छ नी। अहिले त दिल्ली गएका सबैजसो मान्छेहरु त्यही क्यान्सर हस्पिटलमा आउन थालिसके। अस्ति म गएर हेर्दा त तीनछक्क परें। भाषा पनि आफ्नै। अनि कति सजिलो। दिल्लीमा गएर बस्नुपर्ने झन्झटबाट मुक्त। घरको खाना खाएर दिल्लीको भन्दा राम्रो उपचार। अनि दिल्लीको भन्दा आधा खर्चमै उपचार हुन्छ। बुझ्यौ तिमीले?’ 

‘ल ल दीपा, अब त्यहीँ जानुपर्‍यो त्यसो भए।’

‘ल ल हुन्छ हुन्छ। ल ठेगाना लेख त।’

०००

Ncell 2
Ncell 2
nimb
nimb

झापाको एउटा अस्पतालको असाध्यै कर्कश विज्ञापन झेल्न नसकेर केही महिनादेखि उज्यालो नाइन्टी नेटवर्कबाट प्रसारण हुने कायाकैरन कार्यक्रम सुन्न छोडेको थिएँ। विज्ञापनले सातो लिएर कायाकैरन सुन्न छोड्नु मेरा लागि सुखद थिएन।

कायाकैरन मलाई असाध्यै मनपर्ने कार्यक्रम। लामो इतिहास बोकेको कार्यक्रम। रेडियो कार्यक्रमको एउटा बहुमूल्य ब्राण्ड। मन्टेश्वरी राजभण्डारी, भीमसेन राजवाहक, गोपाल गुरागाईंदेखि मिलन तिमल्सेनासम्मले कायाकैरन यात्रामा निरन्तर मिठास भरिरहेका छन्। कार्यक्रमको शैली असाध्यै मौलिक छ। समाचारको छनौट, वाचनशैली र विभिन्न स्तम्भहरु लोभलाग्दा छन्। उखानदेखि कार्टुनसम्म सुन्न पाइन्छ। कार्टुन सुन्दा प्रस्तोताले पत्रिका पल्टाएर हेरेझैं महसुस गराउँछन्। कोरोनाकालमा शुरु भएको ‘कोरोना क्याप्सुल’ उस्तै मिठास र ज्ञानगुनले भरिएको छ।

देशभर कायाकैरनका अनगिन्ती स्रोता छन्। यति लोभलाग्दो कार्यक्रममा बज्ने दुई वटा विज्ञापन चाहिँ कायाकैरनको ब्राण्डसँग पटक्कै मेल खाँदैनन्। कान खाने विज्ञापन। सातो लैजाने विज्ञापन। बिहानै खराब कुरा सुनेर दिन सुरु गर्नु उचित लागेन। विज्ञापन बज्दा बन्द गर्दै कायाकैरन सुन्दै पनि गरियो। त्यसो गर्न झन्झट लागेपछि कार्यक्रम नै सुन्न छाडेँ।

अस्पतालको कर्कश विज्ञापन बज्न छोड्यो कि भनेर दशैंताका कायाकैरन बिहान ६ बजे रेडियो खोलेँ। किन सकिन्थ्यो? मुटुको उपचारको विज्ञापनसँगै उस्तै कर्कश शैलीमा क्यान्सर उपचार सम्बन्धी नयाँ विज्ञापन थपिएछ। कायाकैरन कार्यक्रममा २ मिनेट १८ सेकेन्डमा शुरु भएर ४ मिनेट ७ सेकेन्डमा सकिने यो विज्ञापनको प्रस्तुति बोझिलो र चर्को छ। यसको शैलीबारे यसमा आवाज दिने अग्रज कलाकारद्धय दीपाश्री निरौला र दीपकराज गिरीलाई कस्तो लाग्छ कुन्नि, दुनियाँलाई चाहिँ मलाई जस्तै अत्यास लाग्छ होला। 

Xtrem

Xtrem

सामाजिक सञ्जालमा यसबारे बेलाबेला चर्चा चलिरहेको हुन्छ। कायाकैरनका धेरै जना स्रोताहरु यो विज्ञापनबाट पीडित रहेछन्। मान्छे तर्साउने विज्ञापनको बिम्ब बनेको रहेछ। विज्ञापनमा भनिएजस्तो सेवासुविधा अस्पतालमा उपलब्ध छ कि छैन, अस्पतालको विज्ञापन यसरी बजाउन पाइने हो कि होइन, त्यो बहसको अलग्गै पाटो भयो। तर, विज्ञापन बनाउने शैली, भाषा, कलाकारको प्रस्तुति चाहिँ असाध्यै भद्दा छ।  

विज्ञापन निकै लामो र झर्कोलाग्दो छ। अस्पतालमा राखिएका अनेकथरी मेशिनको नाम पढिएको छ। मेशिन उत्पादक कम्पनीको नाम पनि पढिएको छ। चासो दिएर सुन्दा पनि ती शब्द बुझ्न सर्वसाधारणलाई हम्मे नै पर्छ। अस्पतालको भवन बन्दा प्रयोग गरिएको सिमेन्टको नाम, ग्रेड, प्याक गर्ने बोरामा प्रयोग गरिएको सामग्री, डण्डीको नाम, ब्यास, मसलाको अनुपात, गारोको मोटाइ, फिनिसिङमा प्रयोग गरिएका मार्बल र टायल कम्पनीको नाम, लम्बाइ, चौडाइ, रङ, छानोको मोटाइलगायत सबै निर्माण सामग्रीको नाम पढेर विज्ञापन बनाएजस्तै भएन र यो? 

यो विज्ञापनले लिएको सातो सेलाउन नपाउँदै कायाकैरनमा उही अस्पतालको अर्को विज्ञापन बज्छ। दोस्रो विज्ञापन पहिलोभन्दा झन् पुरानो हो। यो विज्ञापन ११ मिनेट २८ सेकेन्डमा सुरु भएर १३ मिनेट, २० सेकेन्डमा सकिन्छ।

यो पनि पहिलो विज्ञापनजस्तै चर्को र कर्कश छ। मुटु जाँच्ने भएभरका मेशिनको नाम, उत्पादक कम्पनीको नाम, भएभरका मुटु रोगको नाम सुनाइन्छ। एशियाकै पहिलो मेशिनको दाबीदेखि थामिनसक्नु सेवा सुविधा दिने वाचा छ। के मात्र छैन यो विज्ञापनमा? मिठासबाहेक सबैथोक छ।

डाक्टरी हिसाबले विज्ञापनको भाषा मिलेको छ कि छैन मलाई थाहा छैन। आम स्रोताको हिसाबले कर्ण कटु छ। अनि त, सकिएला कि भन्यो... सकिएला कि भन्यो, लामै बजिदिन्छ। 

०००

‘दीपक। ए दीपक सुन त!’
‘के भो दीपा? भन त।’
‘बिर्तामोड झापामा रहेको हस्पिटल र क्यान्सर हस्पिटलले त अर्को नयाँ चमत्कार ग¥यो नि। हिजोसम्म मुटुका विरामीले साह्रै दुख पाएर उपचार गर्न दिल्ली, मुम्बइ, भेलोर, चेन्नई जानुपर्थ्यो। अब त्यता जानु नपर्ने भयो नि, दीपक।’

‘ए हो र भन्या?’ 

‘हो नि दीपक।’

त्यो हस्पिटलमा त भारतको चेन्नईमा रहेको फोर्टिज हस्पिटलबाट र नेपालकै मुटुरोग विशेषज्ञ तथा अनुभवी डाक्टरहरुद्धारा कार्डियोलोजी सेवा शुरु भएको छ नि। यस हस्पिटलमा त एशियामै पहिलोचोटी ल्याएको अमेरिकाको जीई कम्पनीको भीभीडी ९५, फोरडी इको र टीई इकोबाट मुटुको जाँच गरिन्छ। यसबाट ठूलो मान्छेको, बच्चाको, नवजात शिशु लगायत पेटमा भएको शिशुको समेत इको गरिन्छ र स्ट्रेन्थ इमेजिङबाट मुटुनलीमा रगत सञ्चार कम भएको पनि पत्ता लगाउँछ नि। नेपालकै उत्कृष्ट र अत्याधुनिक टीएमटी हल्टर, एबीपीएम पनि उपलब्ध छ नि। हार्ट अट्याट भएको बिरामीका लागि त जर्मनीमा बनेको अत्याधुनिक सिमन्स कम्पनीको फोरडी क्याथल्याबबाट तुरुन्त उपचार गरिन्छ नि। अनि पेरिफेरियल एन्जियोग्राफी पनि हुन्छ। र मुटुको रक्तनलीमा रगत सञ्चार ब्लक भएकोमा जाली लगाई रक्त प्रणाली पुनः सन्चालनमा ल्याउने उपकरण एन्जीओप्लास्टी पनि गरिन्छ नि।’

‘ए हो र भन्या?’ 

‘अनि अरु पनि त छ, सुन त। मुटु नचलेको अवस्थामा परमानेन्ट पेसमेकर, मुटुबाट पानी निकाल्नका लागि पेरिकार्डियोलोजी सिन्थेसिस, मुटुमा प्वाल बन्द गर्नका लागि ईएसडी क्लोजर र पीडीए क्लोजर लगायत मुटु रोगको सबै प्रकारको उपचार तथा डाइनोसिस यस अस्पतालमा सुलभ तथा सहुलियत तरिकाले सेवा दिंदैछ नि। त्यता त अत्याधुनिक सीसीयू तथा कार्डियोलोजी वार्डको सेवा पनि छ। हाम्रा वरिपरिका बिरामीलाई पनि त्यहीँ जानुपर्छ भन्नुपर्छ है दीपक।’ 

‘हुन्छ, हुन्छ दीपा।’

०००

यो विज्ञापन कायाकैरन कार्यक्रममा मात्र बज्दैन, विभिन्न एफएमहरुमा पनि बजिरहन्छ। यही विज्ञापन सम्झेर कायाकैरनको नाम सम्झँदै सातो उड्छ मेरो। लामो समय नसुनेर डराई–डराई कायाकैरन सुन्न खोज्दा अर्को विज्ञापनको आतंक थोपरिएपछि आगामी दिनमा कायाकैरन कसरी सुन्ने होला खै? 

विज्ञापनमा बोल्ने कलाकार, बनाउने कम्पनी, बनाउन लगाउने अस्पताल र बजाउने एफएम स्टेशनप्रतिको पूर्वाग्रह होइन यो। अन्यत्र बजे पनि धेरैले कायाकैरनमा बज्ने विज्ञापनको रुपमा यसलाई चिन्दछन् र तर्सिन्छन्। कायाकैरन रेडियो कार्यक्रम टिमले कहिलेसम्म आफ्ना स्रोतालाई तर्साइरहने? कहिलेसम्म यो यातना दिइरहने? फेर्नै नमिल्ने विज्ञापन हो र यो? अलि रचनात्मक तरिकाले उक्त अस्पतालको विज्ञापन बनाउनै नसकिने हो र?

कलाकारद्धय दीपकराज गिरी र दीपाश्री निरौलालाई पनि मेरो अनुरोध छ, यो विज्ञापनको सट्टा अर्कै विज्ञापन बनाउन अस्पताललाई अनुरोध गर्नुहोस्। विज्ञापनमा तपाईंहरुको उपस्थितिमा आपत्ति हुने कुरै छैन। तपाईंहरुको आवाज र उपस्थितिमा कैयन राम्रा विज्ञापन बनेका छन्। यो विज्ञापनले तपाईंहरुको बदनामी गरिरहेको छ।

यस्तो भद्दा र कर्कश विज्ञापनको सट्टा राम्रो र छरितो विज्ञापन बनाउन अस्पतालको ध्यान जाओस्। यो विज्ञापन कायाकैरनको प्रतिष्ठासँग गाँसिएकोले कायाकैरन कार्यक्रम टिमले पनि अस्पतालको ध्यानाकर्षण गरोस्।

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्