काठमाडौं- माल्दिभ्सको मालेमा सम्पन्न १३औं दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले नगदबाट पुरस्कृत गर्ने भएको छ।
मन्त्रीपरिषद्को बैठकले उपविजेता टोलीका प्रत्येक खेलाडीलाई ५ तथा प्रशिक्षकलाई ३ लाख रुपैयाँका दरले प्रदान गर्ने निर्णय गरेको हो।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले २३ वर्ष मुनिको एसियन कप छनोट खेल्न ताजिकिस्तान जान लागेको नेपाली युवा टोलीको विदाई कार्यक्रममा राष्ट्रिय टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गर्ने सरकारी निर्णय सार्वजनिक गरेका थिए।
शनिबार भारतसँग फाइनलमा ३-० ले पराजित हुँदै उपविजेतामा सीमित भएको नेपाली राष्ट्रिय फुटबल टोली आज बिहान काठमाडौं आइपुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।