काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्द मालदिभ्सबाटै इन्डोनेसिया प्रस्थान गरेका छन्।
इन्डोनेसियामा जकार्ता पर्सिजाबाट व्यावसायिक फुटबल खेल्दै आएका रोहित साफ च्याम्पियनसिपको फाइनल खेलेर सोमबार बिहान त्यसतर्फ लागेका हुन्।
नेपाली टिमको उपकप्तानसमेत रहेका चन्दले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन्।
माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित भएर उपविजेता बनेको थियो। रोहितबाहेकको नेपाली टोली भने आजै स्वदेश फर्किएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।