काठमाडौं– स्पेनिस ला लिगा फुटबल अन्तर्गत गए राति सम्पन्न खेलमा बार्सिलोनालेजित हात पारेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले सुरुवाती अग्रता उल्ट्याउँदै ३–१ गोल अन्तरले जित हात पारेको हो।
खेलको पाँचौ मिनेटमा नै गोल गरे पनि अग्रता जोगाउन नसक्दा भ्यालेन्सिया पराजित भयो। खेलको पाँचो मिनेटमै भ्यालेन्सियाका लागि जोसे गायाले गोल गरेका थिए।
खेलको १३औं मिनेटमा बार्सिलोनाका फाती भिएराले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ४१औँ मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत गोल गर्दा पहिलो हाफमा बार्सिलोना २–१ले अघि रह्यो। खेलको ८५औं मिनेटमा फिलिप कोन्टिन्होले गोल गर्दै बार्सिलोनालाई ३–०को जित दिलाए। जितसँगै ८ खेलबाट १५ अंक जोडेको बार्सिलोना लिग तालिकाको सातौँ स्थानमा छ।पराजित
भ्यालेन्सिया नवौं स्थानमा छ। आइतबार राति भएका अरु खेलमा ओसासुनाले भिल्लारियललाई २–१, सेभिल्लाले सेल्टा डी भिगोलाई १–० तथा रायो भालेकानोले एल्चीलाई २–१ ले पराजित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।