काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन पराजित भएको छ।
आइतबार राति सम्पन्न खेलमा एभर्टन वेस्ट ह्याम युनाइटेडसँग १–० गोल अन्तरले पराजित भएको हो।
खेलको ७४ औं मिनेटमा वेस्ट ह्यामका एन्गेलो ओग्बोनाले गरेको गोल नै निर्णायक बन्यो।
जितसँगै ८ खेलबाट १४ अंक जोडेको वेस्ट ह्याम छैटौं स्थानमा रहेको छ। पराजित एभर्टन १४ अंकका साथ सातौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।