काठमाडौं- जर्मन बुन्डेस लिगाअन्तर्गत आज साँझ भएको खेलमा बायर्न म्युनिखले बायर लिभरकुसनलाई ५-१ गोलले पराजित गरेको छ।
लिभरकुसनको मैदानमा भएको खेलमा बायर्नले पहिलो हाफमै ५-० को अग्रता लिएको थियो। बायर्नका लागि रोबर्ट लेवान्डोस्की र सर्गी नाब्रीले दुई/दुई तथा थोमस मुलरले एक गोल गरे।
लेवान्डोस्कीले तेस्रो मिनेटमै बायर्नका लागि खाता खोलेका थिए। उनैले खेलको ३०औं मिनेटमा अग्रता दोब्बर बनाए। त्यसको चार मिनेटपछि मुलरले एक गोल गरे।
नाब्रीले ३५औं र ३७औं मिनेटमा दुई गोल गरेपछि बायर्नले पहिलो हाफमा ५-० को अग्रता बनाएको थियो।
खेलको ५५औं मिनेटमा लिभरकुसनका प्याट्रिक शिकले टिमका लागि सान्त्वाना गोल गरेका थिए।
जितसँगै बायर्न आठ खेलबाट १९ अंक जोड्दै लिगको शीर्षस्थानमा कायम रहेको छ। समान खेलबाट १६ अंक जोडेको लिभरकुसन तेस्रो स्थानमा रहेको छ। बुर्सिया डर्टमण्ड १८ अंकका साथ दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।